दुई भारतीयको हत्यामा संलग्न आईएसआईका एजेन्ट पक्राउ

hatyaraनेपाल प्रहरीले दुई भारतीयको हत्यामा संलग्नताको आरोप लागेका नेपाली सम्सुल होदालाई दुबईबाट पक्राउ गरी कलैया ल्याएको छ। बारा कलैया नगरपालिका-८ का होदामाथि भारत आदापुरका दीपकराम र अरुणरामको हत्यामा संलग्न भएको आरोप लागेको थियो। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। दीपकराम र अरुणरामको शव गत पुष १३ गते बाराको हरैया जंगलमा घाँटी रेटिएको अवस्थामा फेला परेका थिए। पाकिस्तानको जासुसी संस्था आईएसआईको निर्देशनमा भएको हत्यामा होदाको संलग्नता रहेको खुलासा भएको थियो।

दुबईमा बसेर आईएसआईका लागि काम गरेको आरोप लागेका होदालाई नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरि कलैयामा सोमबार ल्याएको हो। प्रहरीले ती दुई भारतीयको हत्यामा संलग्न गरेको आरोपमा बाराको महागढीमाई नगरपालिकाको सिमरा तेगछियका गिरी बाबा भनिने बृजकिशोर गिरी, कलैया नगरपालिका-१० रंगपुरका मोजाहिदिन अन्सारी र शम्भु भनिने लड्डुलाई यसअघि नै पक्राउ गरिसकेको छ।

होदालगायत उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ। दुबईबाट पक्राउ गरि ल्याइएका होदासहित चारै जनालाई मंगलबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलनमा सार्वजनिक गरिने बारा प्रहरीले जनाएको छ। बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले भने, ‘घटना र पक्राउ आरोपितबारे मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराउनेछौं।

अहिले पक्राउ परेका चार जनामध्ये केहीको मोबाइलमा हरैया जंगलमा ती दुई भारतीयको हत्या गर्दाको भिडियो रेकर्डिङसमेत फेला परेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए।नेपालमा आइएसआइको एजेन्टका रुपमा काम गर्दै आएका कलैयाका होदाकै निर्देशनमा दिपक र अरुणको हत्या गरिएको तथ्य खुलेको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन