दुई भारतीयको हत्यामा संलग्न आईएसआईका एजेन्ट पक्राउ

hatyaraनेपाल प्रहरीले दुई भारतीयको हत्यामा संलग्नताको आरोप लागेका नेपाली सम्सुल होदालाई दुबईबाट पक्राउ गरी कलैया ल्याएको छ। बारा कलैया नगरपालिका-८ का होदामाथि भारत आदापुरका दीपकराम र अरुणरामको हत्यामा संलग्न भएको आरोप लागेको थियो। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। दीपकराम र अरुणरामको शव गत पुष १३ गते बाराको हरैया जंगलमा घाँटी रेटिएको अवस्थामा फेला परेका थिए। पाकिस्तानको जासुसी संस्था आईएसआईको निर्देशनमा भएको हत्यामा होदाको संलग्नता रहेको खुलासा भएको थियो।

दुबईमा बसेर आईएसआईका लागि काम गरेको आरोप लागेका होदालाई नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरि कलैयामा सोमबार ल्याएको हो। प्रहरीले ती दुई भारतीयको हत्यामा संलग्न गरेको आरोपमा बाराको महागढीमाई नगरपालिकाको सिमरा तेगछियका गिरी बाबा भनिने बृजकिशोर गिरी, कलैया नगरपालिका-१० रंगपुरका मोजाहिदिन अन्सारी र शम्भु भनिने लड्डुलाई यसअघि नै पक्राउ गरिसकेको छ।

होदालगायत उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ। दुबईबाट पक्राउ गरि ल्याइएका होदासहित चारै जनालाई मंगलबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलनमा सार्वजनिक गरिने बारा प्रहरीले जनाएको छ। बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले भने, ‘घटना र पक्राउ आरोपितबारे मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराउनेछौं।

अहिले पक्राउ परेका चार जनामध्ये केहीको मोबाइलमा हरैया जंगलमा ती दुई भारतीयको हत्या गर्दाको भिडियो रेकर्डिङसमेत फेला परेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए।नेपालमा आइएसआइको एजेन्टका रुपमा काम गर्दै आएका कलैयाका होदाकै निर्देशनमा दिपक र अरुणको हत्या गरिएको तथ्य खुलेको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि