२२ माघ, काठमाडौं । शनिबार काठमाडौंबाट प्रकाशित अधिकांश दैनिक पत्रिकाहरुले संविधान संशोधनपछि मात्रै चुनाव गर्न सरका
र र मधेसी मोर्चाबीच सहमति भएको समाचारलाई महत्वका साथ प्रकाशित गरेका छन् । त्यस्तै बीरगंज
को नारायणी उपक्षेत्रीय अस्पतालबाट नवजात शिशु हराएको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।
नयाँ पत्रिका दैनिकमा काठमाडौं उपत्यकाको ट्राफिक जाम, जामको कारण, यात्रुले भोग्नु पर्ने सास्ती र समाधानका उपायसहितको स्टोरी प्रकाशित छ । त्यस्तै, सरकार र मधेसी मोर्चाबीच संविधान संशोधनपछि मात्रै चुनाव गर्ने सहमति भएको समाचार पनि महत्वका साथ छापिएको छ ।
अन्नपूर्ण पोस्ट् दैनिकले दलाइ लामा आउने भएपछि सभामुख ओनसरी घर्ती मगरको भारत भ्रमण रद्द भएको समाचारलाई प्राथमिकता दिएको छ । त्यस्तै महोत्तरीमा लैनो भैंसी दाइजो नपाएपछि बिहे नै बिथोलिएको समाचारले पनि महत्व पाएको छ ।
आन्तरिक विवादका कारण सत्यनिरुपण तथा मेलमिलाप आयोग विघटनउन्मुख भएकोलाई मुख्य समाचार बनाएको राजधानी दैनिकले जन्मेको दुई घण्टामै शिशु हराएको सामाचारलाई एंकर बनाएको छ ।
कान्तिपुर दैनिकले पनि जन्मेको तीन घण्टामै शिशु हराएको समाचारलाई महत्व दिएको छ । त्यस्तै निर्वाचनका मामलामा प्रधानमन्त्री दाहाल ‘यू टर्न’ भएको समाचारले फ्रन्टपेजमा स्थान पाएको छ ।
नेपाल समाचारपत्र दैनिकमा प्रहरीले सिके राउतलाई हतकडी नलगाएर माया गरेको भन्दै समाचार छापेको छ । त्यस्तै नयाँ आईजीपीबारे कांग्रेसमा विवाद भएको समाचारले पनि महत्व पाएको छ ।
गोरखापत्र दैनिकले मोर्चाको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध भएको समाचार र वर्षमा ४० हजार क्यानसर रोगी थपिने समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि