२२ माघ, काठमाडौं । शनिबार काठमाडौंबाट प्रकाशित अधिकांश दैनिक पत्रिकाहरुले संविधान संशोधनपछि मात्रै चुनाव गर्न सरका
र र मधेसी मोर्चाबीच सहमति भएको समाचारलाई महत्वका साथ प्रकाशित गरेका छन् । त्यस्तै बीरगंज
को नारायणी उपक्षेत्रीय अस्पतालबाट नवजात शिशु हराएको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।
नयाँ पत्रिका दैनिकमा काठमाडौं उपत्यकाको ट्राफिक जाम, जामको कारण, यात्रुले भोग्नु पर्ने सास्ती र समाधानका उपायसहितको स्टोरी प्रकाशित छ । त्यस्तै, सरकार र मधेसी मोर्चाबीच संविधान संशोधनपछि मात्रै चुनाव गर्ने सहमति भएको समाचार पनि महत्वका साथ छापिएको छ ।
अन्नपूर्ण पोस्ट् दैनिकले दलाइ लामा आउने भएपछि सभामुख ओनसरी घर्ती मगरको भारत भ्रमण रद्द भएको समाचारलाई प्राथमिकता दिएको छ । त्यस्तै महोत्तरीमा लैनो भैंसी दाइजो नपाएपछि बिहे नै बिथोलिएको समाचारले पनि महत्व पाएको छ ।
आन्तरिक विवादका कारण सत्यनिरुपण तथा मेलमिलाप आयोग विघटनउन्मुख भएकोलाई मुख्य समाचार बनाएको राजधानी दैनिकले जन्मेको दुई घण्टामै शिशु हराएको सामाचारलाई एंकर बनाएको छ ।
कान्तिपुर दैनिकले पनि जन्मेको तीन घण्टामै शिशु हराएको समाचारलाई महत्व दिएको छ । त्यस्तै निर्वाचनका मामलामा प्रधानमन्त्री दाहाल ‘यू टर्न’ भएको समाचारले फ्रन्टपेजमा स्थान पाएको छ ।
नेपाल समाचारपत्र दैनिकमा प्रहरीले सिके राउतलाई हतकडी नलगाएर माया गरेको भन्दै समाचार छापेको छ । त्यस्तै नयाँ आईजीपीबारे कांग्रेसमा विवाद भएको समाचारले पनि महत्व पाएको छ ।
गोरखापत्र दैनिकले मोर्चाको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध भएको समाचार र वर्षमा ४० हजार क्यानसर रोगी थपिने समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल