मन्त्रालयले नै दियो खानेपानीको हाहाकार हुने चेतावनी

२१ माघ काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्रालयले पाइपहरु मर्मतका लागि ३१ करोड नपाए एक हप्तामा काठमाडौंमा खानेपानीको हाहाकार हुने चेतावनी दिएको छ ।Bikash-Samiti

 

मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायका अनुसार सडक विस्तारका क्रममा टुटेफुटेको पाइपमर्मत गर्न ३१ करोड रकम आवश्यक पर्ने देखिएको छ ।

सरकारलेे यो रकम तुरुन्तै उपलब्ध गराएमात्रै तत्काल पाइप मर्मत गरी पानी पठाउन सकिने उपाध्याय बताउँछन् । शुक्रबार विकास समितिको बैठकमा सचिव उपाध्यायले भने, ‘काठमाडौंमा रहेका सडकको मुनी रहेका ५५ प्रतिशत पाइपहरु अहिले टुटफुट तथा बिग्रेका छन् । तिनलाई मर्मत गर्नपर्ने छ, ३१ करोड रकम आवश्यक छ तर, रकम उपलब्ध छैन ।’

सडक विभाग, काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका विकास प्राधिकरण लगायतका निकायले सडक विस्तारका क्रममा धेरै ठाउँमा पाइप काटेको उनले जानकारी दिए। ‘मर्मत गर्न एक साताभित्र सरकारले ३१ करोड नदिने हो भने काठमाडौंमा खानेपानीको हाहाकार मच्चिनेवाला छ’ उपाध्यायले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र