एनजिओ र आइएनजिओहरुलाई प्राधिकरणको चेतावनी : पारदर्शी र जवाफदेही भएर काम गर

काठमाडौँ – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पारदर्शी र जवाफदेही रुपमा पुनःनिर्माणका काम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थालाई निर्देशन दिएको छ ।national-reconstruction-authority-punarnirman-pradhikaran-1

भूकम्प प्रभावित जिल्लामा साझेदार संस्थाका तर्फबाट भइरहेका पुनःनिर्माणका कामप्रति विभिन्न क्षेत्रबाट गुनासो आएपछि प्राधिकरणले निजी आवास पुनःनिर्माणमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिलाई बुधबार कार्यालयमा बोलाएर निर्देशन दिएको सहायक प्रवक्ता डा भीष्मकुमार भुसालले जानकारी दिए ।

सङ्घसंस्थाका प्रतिनिधिसँगको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले पुनःनिर्माणको कामलाई गति दिन र सरकारी निकायसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।

“भूकम्प प्रभावित क्षेत्रमा साझेदार संस्थाहरुले आफूखुसी रकम खर्च गरेको गुनासो आएको छ, आफूखुसी होइन विधिसम्मत रुपमा पारदर्शी एवम् जवाफदेही तरिकाले काम गरिनुपर्छ” – उनले भने ।

नीतिगत समस्या भए तत्काल प्राधिकरणलाई जानकारी गराउन आग्रह गर्दै आ–आफ्नो जिम्मेवारीअनुसार निजी आवास पुनःनिर्माणको कामलाई गति दिन प्रमुख कार्यकारी अधिकृत डा पोखरेलले आग्रह गरे ।

बैठकमा साझेदार संस्थाबाट हालसम्म गरिएका कार्य प्रगतिको समीक्षा गर्नुका साथै प्रगति नभएका र कम प्राथमिकताका क्षेत्रमा छुट्याइएको रकमसमेत दक्ष निर्माणकर्मी उत्पादन गर्ने तालिममा केन्द्रित गर्न प्राधिकरणले संस्थालाई निर्देशन दिएको छ । नयाँ स्रोत व्यवस्थापन गरी दक्ष जनशक्ति उत्पादनमा ध्यान केन्द्रित गर्न सो अवसरमा आग्रह गरिएको थियो ।

पुनःनिर्माणमा ६० हजार दक्ष निर्माणकर्मी आवश्यक पर्नेमा हालसम्म १५ हजारले मात्र तालिम लिएको र तालिम लिएकामध्ये सबै काममा नरहेको सहरी विकास मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा प्राधिकरणका तर्फबाट कार्यकारी सदस्य डा हरिराम पराजुली, सचिव डा सञ्जय शर्मा, सहसचिव यमलाल भुसाल, सहप्रवक्ता डा भुसाललगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन निर्वाचन आयोगको आग्रह

काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन

व्यक्तिगत डाटा संरक्षण कानुन नहुँदा चोरी र दुरुपयोग बढ्दै

 माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा