गुल्मी, २० माघ । गुल्मीको मुसिकोट–६ मा रहेको हनुमानटारी फाँटमा सिँचाइ गर्न खेतका मोहीले ३५ दिन लगाएर बडिघाट नदीमा बाँध बाँधेर सिँचाइ नहर सञ्चालनमा ल्याइएको छ ।
गत साउनमा अविरल वर्षासँगै बडिघाट नदीमा आएको बाढीले करिब दुईसय मिटर सिँचाई कुलो नहर बाढीले बगाएपछि र करिब चारसय मुरी उब्जनी हुने हनुमानटारी फाँटमा नदी पसेर खेतलाई नामोनिसाना नरहने गरी पुरेपछि हनुमानटारी सिँचाइ फाँटमा धान रोप्नबाट समेत किसान बञ्चित भएका थिए ।
विगत सात महिनादेखि अवरुद्ध रहेको सिँचाइ कुलो नहर बनाउन स्थानीय खेतका मोहीले ३५ दिन लगाएर कडा मिहेनत गरी नहरको निर्माण तथा मर्मतसम्भार गरेर सिँचाइ कुलो सञ्चालनमा ल्याइएको सिँचाइ उपभोक्ता समितिका सचिव कृष्णबहादुर खत्रीले जानकारी दिए ।
साथै, उक्त खेतीयोग्य फाँटमा राज्यका तर्फबाट खासै चासो नदेखाएपछि सिँचाइ कुलोका उपभोक्ता मोही आफैँ सक्रिय भई सिँचाइ सञ्चालनमा जुटेका हुन् ।
सिँचाइ नहरमार्फत आ–आफ्ना खेतमा सिँचाइ गर्न पाउँदा उपभोक्ता निकै हर्षित भएका छन् । रासस
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र