गुल्मीमा सिँचाइ नहर सञ्चालन , किसानको खुसी फर्कियो

गुल्मी, २० माघ । गुल्मीको मुसिकोट–६ मा रहेको हनुमानटारी फाँटमा सिँचाइ गर्न खेतका मोहीले ३५ दिन लगाएर बडिघाट नदीमा बाँध बाँधेर सिँचाइ नहर सञ्चालनमा ल्याइएको छ ।Irrigation1

गत साउनमा अविरल वर्षासँगै बडिघाट नदीमा आएको बाढीले करिब दुईसय मिटर सिँचाई कुलो नहर बाढीले बगाएपछि र करिब चारसय मुरी उब्जनी हुने हनुमानटारी फाँटमा नदी पसेर खेतलाई नामोनिसाना नरहने गरी पुरेपछि हनुमानटारी सिँचाइ फाँटमा धान रोप्नबाट समेत किसान बञ्चित भएका थिए ।

विगत सात महिनादेखि अवरुद्ध रहेको सिँचाइ कुलो नहर बनाउन स्थानीय खेतका मोहीले ३५ दिन लगाएर कडा मिहेनत गरी नहरको निर्माण तथा मर्मतसम्भार गरेर सिँचाइ कुलो सञ्चालनमा ल्याइएको सिँचाइ उपभोक्ता समितिका सचिव कृष्णबहादुर खत्रीले जानकारी दिए ।

साथै, उक्त खेतीयोग्य फाँटमा राज्यका तर्फबाट खासै चासो नदेखाएपछि सिँचाइ कुलोका उपभोक्ता मोही आफैँ सक्रिय भई सिँचाइ सञ्चालनमा जुटेका हुन् ।

सिँचाइ नहरमार्फत आ–आफ्ना खेतमा सिँचाइ गर्न पाउँदा उपभोक्ता निकै हर्षित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष