खाना पकाउने ग्यासको मूल्य बढ्यो

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले प्रति सिलिन्डरमा २५ रुपैयाँले बढाएको प्रवक्ता भानु खनालले जानकारी दिए। timthumb
यसअघि १ हजार ३ सय २५ रुपैयाँ रहेको एक सिलिन्डरको मूल्य अब १ हजार ३ सय ५० रुपैयाँ पुगेको छ।
भारतबाट मूल्य बढेर आएको भन्दै निगमले ग्यासको मूल्य बढाएपनि अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको जानकारी दिएको छ।
एक सिलिन्डर ग्यासमा यसअघि निगमलाई ७८ रुपैयाँ घाटा भएकोमा मूल्य बढाउँदा पनि सो घाटा बढेर १ सय २३ रुपैयाँ पुगेको निगमले जनाएको छ।
मूल्य समायोजन नगर्दा गएको साउनदेखि नाफामा गएको निगम गएको महिनादेखि घाटामा गएको थियो। गएको १५ दिनमा १४ करोड घाटा बेहोरेको निगमले आगमी १५ दिनमा २३ करोड ९३ लाख घाटा हुने प्रक्षेपन गरेको प्रवक्ता खनालले जानकारी दिए।
भारतीय आयल कर्पोरेशन (आइओसी )ले प्रत्येक अंग्रेजी महिनाको १ र १५ तारीकमा निगमलाई नयाँ मूल्य सूची पठाउँछ।
आइओसी मूल्य बढाएर पठाएपनि त्यही अनुसार नेपालमा मूल्य समायोजन नहुँदा घाटा प्रत्येक महिना बढ्दै गएको निगमका अधिकारीहरुले जनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि