काठमाडौं, १९ माघ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेको प्रतिकार गर्न वाईसीएललाई उक्साएको आरोप लगाएका छन् ।
बुधबार पार्टीको आगामी फागुन २१ देखि हुने मेची महाकाली राष्ट्रिय अभियानको सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एमालेलाई चिमोटे देशलाई दुख्ने भन्दै एमाले सधै राष्ट्रियताको पक्षमा रहेको जिकिर समेत गरे । ।
गत सोमबार राजधानीमा वाईसीएलको एकता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राष्ट्रवादका नाममा दक्षिणपन्थी हावा चलेको भन्दै निद्राबाट ब्यूँझन वाईसीएल कार्यकर्तालाई दिएपछि ओलीले आज यस्तो प्रतिक्रिया दिएका हुन् ।
एक फरक प्रसंगमा ओलीले पञ्चशिलताका आधारमा भारत र चीन दुवै देशसँग आफ्नो पार्टीले सम्बन्ध स्थापति गर्न चाहेको बताए ।
२१ देखि पूर्वको काँकडभित्ताबाट सुरु हुने अभियान महेन्द्रनगरमा चैत २ मा पुग्ने छ भने चैत ५ मा सुर्खेत पुगेर समापन गरिने एमालेले जनाएको छ ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि
काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री