प्रधानमन्त्रीले उचाले वाईसीएललाई: ओली आतंकित

काठमाडौं, १९ माघ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेको प्रतिकार गर्न वाईसीएललाई उक्साएको आरोप लगाएका छन् ।kp-oli1

बुधबार पार्टीको आगामी फागुन २१ देखि हुने मेची महाकाली राष्ट्रिय अभियानको सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एमालेलाई चिमोटे देशलाई दुख्ने भन्दै एमाले सधै राष्ट्रियताको पक्षमा रहेको जिकिर समेत गरे । ।

गत सोमबार राजधानीमा वाईसीएलको एकता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राष्ट्रवादका नाममा दक्षिणपन्थी हावा चलेको भन्दै निद्राबाट ब्यूँझन वाईसीएल कार्यकर्तालाई दिएपछि ओलीले आज यस्तो प्रतिक्रिया दिएका हुन् ।

एक फरक प्रसंगमा ओलीले पञ्चशिलताका आधारमा भारत र चीन दुवै देशसँग आफ्नो पार्टीले सम्बन्ध स्थापति गर्न चाहेको बताए ।

२१ देखि पूर्वको काँकडभित्ताबाट सुरु हुने अभियान महेन्द्रनगरमा चैत २ मा पुग्ने छ भने चैत ५ मा सुर्खेत पुगेर समापन गरिने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल