१३ माघ, काठमाडौं । विद्युत प्राधिकरणले सरुवाकै कारण कर्मचारीलाई नतर्सिन अपील गरेको छ । हालै भएको सरुवालाई नियमित प्रक्रिया भएको भन्दै प्राधिकरणले यसबाट त्रसित नहुन कर्मचारीलाई आग्रह गरेको हो ।
बिहीबार एक प्रेश विज्ञप्ति जारी गर्दै प्राधिकरणले ग्राहक सेवा निर्देशनालय अन्तरगत सरुवा भएका कर्मचारीलाई आफ्नो तेकिएको कार्यक्षेत्रमा उच्च मनोबलका साथ काम गर्न अनुरोध गरेको छ ।
प्रवक्ता प्रबल अधिकारीले जारी गरेको विज्ञप्तिमा प्राधिकरणको प्रचलित विनियमावलीअनुसार सेवाअवधि पुगेका कर्मचारीलाई साउन र माघमा सरुवा गर्ने व्यवस्थाअनुरुप पछिल्लो काम गरिएको स्पष्ट गरिएको छ ।
प्राधिकरणले सुरुवातलाई विद्युत चुवाहट र लोडसेडिङसँग जोडेर नहेर्न पनि आम सर्वसाधारणलाई अपील गरिएको छ । विज्ञप्तिमा प्राधिकरणले कसूरजन्य काममा संलग्नलाई कारवाही गर्ने दोहोर्याउँदै इमान्दारितापूर्वक काम गर्ने कर्मचारीको दक्षता र क्षमता अभिबृद्धिका लागि समयसापेक्ष निर्णयहरु गर्ने प्रतिवद्धता जनाइएको छ ।
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा