January 24, 2017

नेपाली युवाहरुले समृद्धिको नेतृत्व गर्ने महत्वपूर्ण अवसर पाएका छन्- डा. भट्टराई

धादिङ, ११ माघ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो राजनीतिक पृष्ठभूमि युवावस्थामै बनेको हुनाले सहि र असल राजनीतिका लागि युवाहरु राजनीतिक रुपले सचेत र सक्रिय हुनुपर्ने बताएका छन् । मंगलबार नयाँ शक्ति निकट युवा संगठन राष्ट्रिय युवा अभियानको प्रथम अधिवेशन उद्घाटन गर्न धादिङ पुगेका संयोजक भट्टराईले अधिवेशनमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।Baburam-Bhattarai-in-Dhading

‘नेपालको समृद्धिको लागि योगदान गर्न अहिलेको युवापुस्ताले ऐतिहासिक अवसर पाएको छ’, उनले भने, ‘सबैले आआफ्नो क्षमता अनुसार योगदानमा अग्रसर हुनु नै अहिलेको युवापुस्ताको कार्यभार पनि हो ।’

संयोजक भट्टराईले समय, परिस्थिति र ठाउँ अनुसार व्यक्तिको भूमिका फरकफरक हुने भएकोले अब पृथ्वीनारायण शाहदेखि विपी कोइराला र जनयुद्धको बेलासम्म खेलिएको भूमिकाले होइन, अब युवाहरुले समृद्धिका लागि उत्पादन र विकासमा केन्द्रीत भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

‘हिजो जेल जाने, सडक आन्दोलन गर्ने, टायर बाल्ने, बन्द हड्ताल गर्ने काममा युवापुस्ताले योगदान गर्यो, हो त्यो राजनीतिक संघर्षको चरण थियो’ उनले भने, ‘अब हामी आर्थिक विकास र समृद्धिको चरणमा प्रवेश गरेकोले अब रचनात्मक भएर उत्पादनमूलक काममा युवाशक्ति अघि बढ्नुर्छ ।’

उनले विश्वका प्रख्यात वैज्ञानिक, राजनीतिज्ञ एवं दार्शनिकहरुले युवाअवस्थामै महत्वपूर्ण योगदान दिएको प्रसंगलाई उधृत गर्दै युवाहरुमा संसार बदल्न सक्ने क्षमता हुने भएकोले सबैको आआफ्नो दक्षता र क्षमताको प्रयोग गरेर नेपाललाई आर्थिक विकास र समृद्धिको चरणतिर लैजानुपर्ने आवश्यकता रहेको बताए ।

भूगोल निर्माण र राजनीतिक अधिकार प्राप्तिको चरण सकिएकोले अब आर्थिक विकास र समृद्धिको चरणमा युवाहरुले रचनात्मक भएर आफ्नो विशिष्टिकृत क्षमता अनुसारको भूमिका निर्वाह गर्दै मुलुकलाई समृद्धितर्फ अग्रसर गराउनुपर्ने उनको भनाइ थियो ।

‘अब समयले माग गरे अनुसारको भूमिका निर्वाह गर्नुपर्छ, आज कसरी रोजगारी सिर्जना हुन्छ, कसरी विकास र सृमद्धि हासिल गर्न सकिन्छ ? युवा शक्तिले त्यो सोच्नुपर्ने बेला भएको छ’ उनले भने, ‘आजको एजेण्डा विकास र समृद्धि नै हो । आर्थिक क्रान्ति नै हो । यसमा अरु आवश्यकताहरु जोडिएका हुन्छन् । यसर्थ यसैलाई केन्द्रमा राखेर यसलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ ।’

कार्यक्रममा नयाँ शक्तिका केन्द्रीय कार्यकारी सदस्यहरु डम्बर खतिवडा, डा राजेन्द्र केसी, कल्पना धमला, डा. योगी विकासानन्द, युवा अभियानका प्रवक्ता टेकेन्द्र जोशी, अशोक बस्नेत, राम ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अधिवेशनले टिकाराम तामाङको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा सन्तवीर तामाङ र अनिल अधिकारी रहेका छन् भने सचिवमा सुरेश तामाङ, सहसचिवमा विरेन्द्र कोइराला, रामहरी सुनुवार, मन्जुमाया चेपाङ र मात्रिका कोइराला चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यि १२ जिल्लामा आज र भोलि विभिन्न भारी वर्षा हुने सम्भावना

 असार १५,काठमाडौँ  । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज

 आज सार्वजनिक हुँदैछ एसइईको नतिजा : यसरी हेर्न सकिन्छ

काठमाडौँ, असार १३ गते । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज शुक्रबार साँझ

इजरायलद्वारा इरानका सैन्य ठाँउमा थप हवाई आक्रमण

९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई

यातायातका कर्मचारीविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौँ, असार ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत (आठौँ तह)

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा