८ माघ, काठमाडौं । संविधान संशोधनबारे आआफ्नो अडानमा रहेका प्रमुख तीन दल आगामी वैशाखभित्र स्थानीय चुनाव गर्न सहमात भएका छन् । र, यो चुनाव स्थानीय तहकै हुनेछ ।
प्रधानमन्त्री प्रचण्डको आहृवानमा बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठकमा आगामी मंसिरभित्र तीनै तहको निर्वाचन गर्ने सैद्धान्तिक सहमति जुटेको छ । संविधानले माघ ७ को समयसीमा दिएपछि व्यवहारिक रुपमा मंसिरभित्रै तीन वटा चुनाव गर्नु पर्ने तीन दलको निष्कर्ष छ ।
‘तीन वटै चुनाव मंसिरभित्र सहमत गर्न दलहरु सहमत भएका छन्, एमाले उपनेता सुवास नेम्वाङले भने ।
बैठकमा स्थानीय तहकै गर्ने सहमति भएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले आगामी वैशाखभित्र चुनाव गर्न सकिने बताएका थिए ।
यसका लागि अबको ३/४ दिनभित्र निर्वाचनसम्वन्धी विधेयक पास गर्ने सहमति भएको छ ।
लगतै सरकारले स्थानीय चुनावको मिति घोषणा गर्नेछ । विधेयक पास भएपछि चुनावको मिति घोषणा गर्ने सहमति भएको छ, माओवादी नेता नारायणकाजी श्रेष्ठले भने ।
स्थानीय तहको चुनाव घोषणा गर्नुअघि मधेसी मोर्चासँग सहमति जुटाउन सरकारले सम्वाद गर्नेछ । मधेसी मोर्चाले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन अस्वीकार भएको बताइसकेको छ । र, उसले संविधान संशोधन नभएसम्म चुनाव हुन नदिने चेतावनी पनि दिँदै आएको छ ।
तीन दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चालाई सहमतिमा ल्याउन राष्ट्रपति चयनका लागि गाउँपालिका र नगरकालिकाका प्रमुख र उपप्रमुखले पनि भोटिङ संवैधानिक व्यवस्था संशोधनको प्रस्ताव राखेका छन् ।
एमाले नेताहरुले भने यसबारे अध्ययन गर्छौं भनेको माओवादी प्रवक्ता पम्फा भुसालले बताइन् ।
बैठकमा संविधान संशोधनबारे भने सत्तारुढ र विपक्षी दलहरु आ आफ्नै अडानमा रहे ।
विपक्षीले एमालेले संशोधन फिर्ता लिन माग गरेपनि सत्तारुढ दलहरुले अस्वीकार गरेका छन् । यसबारे धेरै छलफल नभएको एमाले संसदीय दलका उपनेता नेम्वाङले बताए ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित