८ माघ, काठमाडौं– अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पद तथा गोपनियताको सपथ लिएका छन् । नेपाली समयअनुसार शुक्रबार राती पौने ११ बजे उनले अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा पद तथा गोपनियताको सपथ लिएका हुन् । भव्य समारोहका बीच उनले अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जस्टिन जोन रोबट्र्सबाट पद तथा गोपनियताको सपथ लिए ।
उनको सपथ ग्रहण समारोहमा करीब ९ लाख मानिसहरुको सहभागिता रहेको थियो भने करोडौंले टेलिभिजनबाट प्रत्यक्ष हेरेका थिए । यस्तै उनको सपथ ग्रहण चल्दै गर्दा अमेरिकाका विभिन्न स्थानमा विरोध प्रदर्शन समेत भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
पद तथा गोपनियताको सपथ लिएसँगै ट्रम्पले आफ्नो सम्बोधनमा भने– चुनौति आउँछन्, तर सबै चुनौतिको सामना गर्न तयार छौं । हामी मात्र भविष्यको बारेमा सोचिरहेका छौं ।
७० वर्षीय ट्रम्प अमेरिकी इतिहासमा सबैभन्दा बढी उमेरमा राष्ट्रपति बन्ने नेता हुन् ।
यसैबीच सत्ता हस्तान्तरणसँगै अमेरिकी राष्ट्रपति बाराक ओबामाले एक ट्वीट गर्दै आफू सदैव अमेरिकी जनताको साथमा रहेको बताउँदै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले जनताको सेवा गर्ने मौका पाएकोमा आफू धन्य रहेको समेत बताएका छन् ।
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्
काठमाडौँ, पुस १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)
काठमाडौँ, पुस १३ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि
२०८२ पुस ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी
२४ मंसिर, काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै लार्ज ल्याङ्ग्वेज मोडेल (LLM) को दायरा