मधेसी मोर्चालाई ओलीको प्रश्न- देश बिगार्न भोट हाल्ने यो कस्तो राष्ट्रवाद ?

काठमाडौं, १७ माघ । निरन्तर मधेस केन्द्रीत दलसँग आक्रामक बन्दै आएका प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसी मोर्चा देश बिगार्ने बाटोतर्फ लागेको आरोप लगाएका छन् ।kp-oli1

सोमबार राजधानीको टेकुमा आयोजित वीर योद्दा बलभद्र कुँवरको २२७ औं जन्मजयन्ती तथा शालिक अनावरण कार्यक्रममा बोल्दै उनले भने, ‘मोर्चाका नेताहरु देश बिगार्न भए भोट हाल्छौं, हैन भने भोटै हाल्दैनौं भन्छन् ।’ ओलीले मोर्चाका नेतालाई प्रश्न गर्दै भने, ‘देश बिगार्नेको लागि चाहिँ भोट हाल्ने कस्तो राष्ट्रवाद हो ?

मधेसी मोर्चा देश विखण्डन गर्ने बाटोतर्फ लागेको भन्दै ओलीले देशको स्थायित्व र विकासका लागि इमान्दार भएर नलागे उनीहरु आफैं सकिने जिकिर गरे ।

उनले आफ्नो पार्टी संविधान संशोधनको विरुद्धमा रहेकाले एमालेलाई भोट कहाँ हाल्नुपर्छ राम्रोसँग थाहा भएकाले कसैले सिकाइरहन नपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र