काठमाडौं – बिजुलीको मिटर उल्टो घुमाएर विद्युत् महसुल ठगीमा संलग्न थप एक व्यक्ति पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाले सुकेधाराबाट बुद्ध वासिङ सेन्टरका सञ्चालक बुद्धकुमार लामालाई पक्राउ गरेको खबर आजको कान्तिपुरमा छ । महाशाखाले उनको कार्यालयबाट एउटा बिजुली मिटर र दुई थान सिल समेत बरामद गरेको छ ।
विजुलीको मिटरमा लगाइने यस्तो सिल विद्युत् प्राधिकरणका निश्चित कर्मचारीले मात्रै पाउने नीतिगत व्यवस्था छ ।
पक्राउ परेका लामालाई महाशाखाले काठमाडौं प्रहरी परिसरमा बुझाएको छ ।
महाशाखाले गत माघ ९ गते प्राधिकरणका ११ कर्मचारी, एक पूर्वकर्मचारी र ४ व्यापारीलाई पक्राउ गरेको थियो ।
त्यस्तै टोलीले इमाडोलमा रहेको रमेशकुमार लुनियाले सञ्चालन गरेको बोतल कारखानामा पनि छापा मारेको थियो । सञ्चालक लुनिया फरार रहे पनि २ थान बिजुली मिटर र ४ थान मिटर सिल बरामद गरेको छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित