काठमाडौं – बिजुलीको मिटर उल्टो घुमाएर विद्युत् महसुल ठगीमा संलग्न थप एक व्यक्ति पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाले सुकेधाराबाट बुद्ध वासिङ सेन्टरका सञ्चालक बुद्धकुमार लामालाई पक्राउ गरेको खबर आजको कान्तिपुरमा छ । महाशाखाले उनको कार्यालयबाट एउटा बिजुली मिटर र दुई थान सिल समेत बरामद गरेको छ ।
विजुलीको मिटरमा लगाइने यस्तो सिल विद्युत् प्राधिकरणका निश्चित कर्मचारीले मात्रै पाउने नीतिगत व्यवस्था छ ।
पक्राउ परेका लामालाई महाशाखाले काठमाडौं प्रहरी परिसरमा बुझाएको छ ।
महाशाखाले गत माघ ९ गते प्राधिकरणका ११ कर्मचारी, एक पूर्वकर्मचारी र ४ व्यापारीलाई पक्राउ गरेको थियो ।
त्यस्तै टोलीले इमाडोलमा रहेको रमेशकुमार लुनियाले सञ्चालन गरेको बोतल कारखानामा पनि छापा मारेको थियो । सञ्चालक लुनिया फरार रहे पनि २ थान बिजुली मिटर र ४ थान मिटर सिल बरामद गरेको छ ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष