२० भदौ, काठमाडौं । पाकिस्तानले इंग्ल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । पाँचौ एकदिवसीय क्रिकेटमा पाकिस्तानले इंग्ल्याण्डलाई ४ विकेटले पराजित गरेको हाे । कार्डिफमा ३०३ रनको लक्ष्य पछ्याएको पाकिस्तानको सुरुवात राम्रो थिएन । ७७ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो ।
तर, शोएव मल्लिक र सर्राफ अहमदले पारी सम्हाले । उनीहरुले चौथो विकेटका लागि १६३ रनको साझेदारी गरे । अहमद ९० रनमा आउट भए, जतिबेला टिमको स्कोर २४० रन थियो ।
यो साझेदारी टुटेपछि पाकिस्तानको पारी फेरि धरमरायो । थप २६ रन जोड्दा छैटौं विकेट गुमाएको थियो । तर, मोहम्मद रिवाज र इम्आद वासिमले पाकिस्तानलाई जित दिलाए । रिवाजले ३४ र आसिम १६ रनमा अविजित रहे । शोएव मल्लिकले ७७ रनको योगदान दिए ।
यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०२ रन बनाएको थियो । उसका लागि जेसन रोएले ८७ र बेन स्टोक्सले ७५ रनको योगदान दिए ।
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार