बस र इन्धन बोकेको ट्यांकर ठोक्किँदा ३६ जनाको मृत्यु

Road-Accident-in-Afghanistaएजेन्सी । अफगानिस्तानको जाबुल प्रान्तमा बस र इन्धन बोकेको ट्यांकर ठोक्किँदा ३६ जनाको मृत्यु भएकाे छ । आइतबार बिहान बस र इन्धन बोकेको ट्यांकर ठोक्किँदा ३६ जनाको मृत्यु भएको  हाे । दुर्घटनामा अन्य २८ जना घाइते भएका छन् ।

दुर्घटनाका कारण आगो लागेको र महिला तथा बालबालिकासहित धेरै व्यक्तिको शरीर नचिनिने गरी जलेको जाबुल प्रान्तका प्रशासक बिस्मिल्लाह अफगानमलले जानकारी दिएका छन् । कान्दाहारबाट काबुलतर्फ गइरहेको अवस्थामा यात्रु बस इन्धन ट्यांकरसँग ठोक्किएका थिए ।

जाबुलका प्रहरी उपप्रमुख गुलाम जिलानी फराहीका अनुसार घाइतेहरुलाई प्रान्तीय केन्द्र कलात र छिमेकी कान्दाहार प्रान्तका अस्पतालमा उपचारका लागि लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष