१५ भदाै, पर्सा । सहमतिको बाटोमा राप्रपा नेपाल आए पार्टी एकीकरण गर्न राप्रपा तयार रहेको राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाले वताएका छन् । गालीगलौज छाडी सहमतिको बाटोमा राप्रपा नेपाल आए अहिले पनि पार्टी एकीकरण गर्न राप्रपा तयार रहेको बताएका राणाले वताएका हुन् ।
राप्रपा पर्साले मङ्गलबार वीरगन्जमा अयोजना गरेको ‘नारायणी अञ्चलस्तरीय कार्यकर्ता उत्प्रेरणा तथा चेतना’ कार्यक्रममा अध्यक्ष राणाले राप्रपा नेपालका नेता तथा कार्यकर्ताले गर्दै आएको गालीगलौजलाई बन्द गरी अन्तरिम विधानमा रहेका असन्तुष्टिमाथि छलफल गरी अगाडि बढे पार्टी एकता सम्भव रहेको समेत प्रस्ट पारेका छन् । वार्ता, संवाद र एकताका लागि आफूहरुले सधैँ ढोका खुल्ला राखेको बताउँदै अध्यक्ष राणाले समानताका आधारमा पार्टी एकीकरण भए एकता दिगो हुने धारणा व्यक्त गरे ।
सभालाई सम्बोधन गर्दै फरक प्रसङ्गमा बोल्दै अध्यक्ष राणाले तराईको विकास नभएसम्म मुलुकको विकास सम्भव नहुने भएकाले तराईमा पूर्वाधार विकासप्रति सरकार गम्भीर हुन आवश्यक रहेको विचार व्यक्त गरे । उनले काठमाडौं केन्द्रित विकासले पूरै देशमा विभेद गरेको बताउँदै अध्यक्ष राणाले अब विकास मधेस र पहाडको दुर्गम क्षेत्रमा हुनुपर्ने धारणा व्यक्त गरे ।
चैतमा हुने संसदीय तथा स्थानीय निकायको निर्वाचनका लागि पार्टीका कार्यकर्तालाई तयार रहन निर्देशन गर्दै अध्यक्ष राणाले स्थानीय निकायको निर्वाचनले पार्टीको हैसियतलाई मात्र नभई नेता तथा कार्यकर्ताको हैसियत समेतलाई बढाउने भएकाले जीउज्यानले निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन् ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फाल्गुन ४, दमक । केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली