‘राप्रपा नेपाल सहमतिमा आए पार्टी एकीकरण गर्न तयार’

pashupati-shamsher-raana१५ भदाै,  पर्सा । सहमतिको बाटोमा राप्रपा नेपाल आए  पार्टी एकीकरण गर्न राप्रपा तयार रहेको  राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाले वताएका छन् । गालीगलौज छाडी सहमतिको बाटोमा राप्रपा नेपाल आए अहिले पनि पार्टी एकीकरण गर्न राप्रपा तयार रहेको बताएका राणाले  वताएका हुन् ।

 राप्रपा पर्साले मङ्गलबार वीरगन्जमा अयोजना गरेको ‘नारायणी अञ्चलस्तरीय कार्यकर्ता उत्प्रेरणा तथा चेतना’ कार्यक्रममा अध्यक्ष राणाले राप्रपा नेपालका नेता तथा कार्यकर्ताले गर्दै आएको गालीगलौजलाई बन्द गरी अन्तरिम विधानमा रहेका असन्तुष्टिमाथि छलफल गरी अगाडि बढे पार्टी एकता सम्भव रहेको समेत प्रस्ट पारेका छन् । वार्ता, संवाद र एकताका लागि आफूहरुले सधैँ ढोका खुल्ला राखेको बताउँदै अध्यक्ष राणाले समानताका आधारमा पार्टी एकीकरण भए एकता दिगो हुने धारणा व्यक्त गरे ।

सभालाई सम्बोधन गर्दै फरक प्रसङ्गमा बोल्दै अध्यक्ष राणाले तराईको विकास नभएसम्म मुलुकको विकास सम्भव नहुने भएकाले तराईमा पूर्वाधार विकासप्रति सरकार गम्भीर हुन आवश्यक रहेको विचार व्यक्त गरे । उनले काठमाडौं केन्द्रित विकासले पूरै देशमा विभेद गरेको बताउँदै अध्यक्ष राणाले अब विकास मधेस र पहाडको दुर्गम क्षेत्रमा हुनुपर्ने धारणा व्यक्त गरे ।

चैतमा हुने संसदीय तथा स्थानीय निकायको निर्वाचनका लागि पार्टीका कार्यकर्तालाई तयार रहन निर्देशन गर्दै अध्यक्ष राणाले स्थानीय निकायको निर्वाचनले पार्टीको हैसियतलाई मात्र नभई नेता तथा कार्यकर्ताको हैसियत समेतलाई बढाउने भएकाले जीउज्यानले निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

निर्वाचन, सूचना र साइबर सुरक्षा

 २६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष