१३ भदौ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले ऐन र कानुनहरु तीव्र गतिमा निर्माण भइरहेको बताएका छन् । संविधान कार्यान्वयन गर्न आवश्यक पर्ने ऐन र कानुनहरु तीव्र गतिमा निर्माण भइरहेको रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा यस्तो वताएका हुन ।
सरकारको मुख्य काम संविधान कार्यान्वयन भएकाले कानुन निर्माणलाई तीव्रता दिएको उनले बताए । मन्त्री नायकले प्राथमिकताका आधारमा अहिले ऐन र कानुनहरु निर्माण गर्न सम्बन्धित निकायलाई निर्देशन गइसकेको र सोही अनुसार छिटो ऐन र कानुनहरु निर्माण हुनेमा आफू विश्वस्त रहेको समेत बताए हुन् ।
संविधान कार्यान्वयन हुँदैन कि भनेर कुनै शङ्का, उपशङ्का नगरी ढुक्क हुन सवैलाई आग्रह समेत गरेका छन् । मन्त्री नायकले एक वर्षभित्र निर्माण गर्नुपर्ने कानुनहरु असोज ३ गतेभित्रै निर्माण गर्न आफूले निर्देशन दिइसकेको स्पष्ट पारे ।
भाषा आयोग, उच्च अदालत गठन, न्याय परिषद्, न्याय सेवा गठनलगायत क्षेत्रहरुसँग सम्बन्धित कानुनको निर्माण पनि छिट्टै गरिने जानकारी दिए ।
उनले स्थानीय निकायको निर्वाचनसम्बन्धी बनेको विधेयक संशोधन गरेर गृहमन्त्रालयमा पेस भइसकेको र तीनवटै निकायको निर्वाचन संविधानले निर्दिष्ट गरेबमोजिम आगामी २०७४ माघ ७ गतेभित्रै सम्पन्न गर्न तयारी भइरहेको जानकारी दिएका छन् ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फाल्गुन ४, दमक । केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली