१३ भदौ, काठमाडौ । स्वास्थ्य मन्त्री गगन थापाले आफुले उपचारका लागि कुनै हालतमा पनि सरकारको ढुकुटीवाट उपचार खर्च नलिने घोषणा गरेका छन् । अहिलेसम्म विशिष्ट अधिकारी एवं नेताहरुले राज्यको ढुकुटीबाट लिँदै आएको उपचार खर्चसमेत रोक्ने प्रतिवद्धता मन्त्री थापाले जनाएका छन् ।
विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले समेत राज्यको ढुकुटीबाट रकम लिएर उपचार गराउँदै आइरहेका बेला मन्त्री थापाले नयाँ सुधारको प्रण गरेका हुन् । यसअघि दलका नेताहरुलाई सरकारले नै निर्णय गरेर उपचार खर्च बाँड्ने गरेको छ । भर्खरै प्रचण्डकै नेतृत्वमा रहेको क्याबिनेटले समेत गगन थापा स्वास्थ्यमन्त्री नहुँदै पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरिसकेको छ ।
पूर्वविशिष्ट अधिकारीहरुले विदेशमा उपचार गराउनु उनीहरुको अधिकार भए पनि राज्यले उनीहरुलाई त्यसरी उपचार खर्च दिनु सही नभएको स्वास्थ्यमन्त्री थापाले बताएका छन् । मन्त्री थापाले भने ‘कोही बाहिर गएर उपचार गर्छु भन्नु उसको आफ्नो अधिकारको कुरा हो, तर, अधिकारीका नाममा राज्यको खर्चबाट बाहिर उपचार गर्ने पद्दतिलाई रोक्नै पर्ने कुरामा मन्त्री थापाले जोड दिएका छन् ।
मन्त्री थापाले आफू विरामी हुँदा स्वदेशमै उपचार गर्ने समेत बताएका छन् । राम्रो उपचार गर्न नै जानु पर्देन नेपालमै राम्रो उपचार गराउन सकिन्छ भन्ने विस्वास समेत व्याक्त गरेका छन् । आफूले छोरीको उपचार समेत कान्ती अस्पतालमा गरेको उनले जानकारी दिए । आफूलाई ठूलै रोग लागेर बाहिर उपचार गराउनुपरे पनि आफ्नै खर्चमा उपचार गर्ने उनले प्रण गरेका हुन् ।
मन्त्री थापाले आफू मन्त्री पदमा रहँदासम्म देखावटी काममा भन्दा पनि नीतिगत सुधारमा बढी काम गर्ने बताए । उनले भने, ‘तत्कालका लागि केही गरौं भनेर देखाउन अहिलेको समयले मलाई प्रेरित गरिरहेको अवस्था हो । तर, म त्यसबाट जोगिन चाहन्छु र सुधारका काममा केन्द्रित हुन चाहन्छु’ उनले भने । यस्तै मन्त्री थापाले अनियमितता र बेथितिलाई मन्त्रालयमा कुनै ठाउँ नदिने उनले प्रंतिवद्धता जनाए ।
यस्तै स्वास्थ्य क्षेत्रको सुधार गर्नु पर्ने माग राख्दै आएका डा. गोविन्द के. सी.ले राखेको माग पुरा गर्न पहल गर्ने र मनमोहन प्रतिष्ठानबारे अघिल्लो सरकारसित समझदारी भैसकेकाले यो विषयलाई लामो समयसम्म नाराखी यथाशीघ्र सल्टाउने समेत बताएका छन् ।
रुपन्देही १९ , फागुन। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा
फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र
फागुन ९,ललितपुर । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका
फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित
फागुन २,काठमाडौँ,। वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको