१२ , तेह्रथुम । सडकको दुरावस्था र चालकको लापरबाहीले कोसी पहाडी क्षेत्रमा सवारी दुघर्टना बढी हुने गरेको छ । कच्ची साँधुरो भएकाले सवारी चलाउदा चालकले अप्नाउनु पर्ने सवाधानी नअप्नाउदा धेरै दुघर्टना भएको तथ्यहरुले देखाएको छ । कोसी पहाडी जिल्लामा हाईवे र भित्री सडक गरी करीव दुईसय किलोमिटर सडक कालोपत्रे गरिएको छ । ती सडकहरु समेत ठाउँठाउँमा भत्किएका छन् । सडकको विचमा ठुलाठुला खाल्डो परेकाले सवारी साधानले क्लज तानेर एक्कासी बे्रक लगाउनु पर्छ । जस्को कारण कहिलेकाही सवारी साधान अनियन्त्रित हुन्छ ।
अनुभव नभएको चालक छ भने दुघर्टना हुने गरेको यातायात मजदुरदे बताउने गरेका छन । पहाडी सडकमा अप्ठयरो धुम्ती, चिप्लो सडक, हुस्सु, सडक मिचेर राखिएका निर्माण सामग्री र काठपात पनि दुघर्टनाको कारण हुन् । ट्राफिक प्रहरीको ब्यबस्था भएपनि पहाडी रुटमा क्षमता भन्दा बढी यात्रु राख्ने, टाफिक नियम पालना नगर्ने समस्या पनि बढी रहेको छ ।
भौगोलिक विकटता र थोरै संख्यामा हुने ट्राफिक प्रहरीले सवैतिर निगारानी गर्न सकेको छैन । त्यही कारण सवारी चालकलाई कार्वाही गर्ने क्रम पनि बढेको छ । गएको आर्थिक बर्षमा मात्रै कोसी पहाडको तेह्रथुम धनकुटा, भोजपुर, र संखुवासभा जिल्लामा १४ हजार ५७८ वटा सवारी कार्वाही भएका छन् । यो कार्वाहीबाट ७२ लाख ७० हजार ९५० रुपैयाँ राजस्व संकलन भएको छ । ६६ वटा दुघर्टना भएका छन् । १४ जनाले ज्यान गुमाएका छन् भने ११४ जना घाईते भएका छन् ।
ट्राफिक प्रहरीले नियमित चेकजाँच र नियम उल्लंघन गर्नेलाई कार्वाही गरेपनि सुधार हुन सकेको छैन । यातायात ब्यबसायीलाई गाडीको ईन्जिन नियमित मर्मत गर्न, चालकलाई ट्राफिक नियम पालना गर्न पटकपटक अनुरोध गरे पनि परिवर्तन नदेखिएको ट्राफिक प्रहरी कार्यलय तेह्रथुमले जनाएको छ ।
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
कात्तिक २६, काठमाडौँ। सरकारले व्यक्तिगत घटना दर्ता नियमावली, २०७७ संशोधन गर्ने निर्णय गरेको छ। सोमबार
कात्तिक १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट
काठमाडौँ, असोज ६ ।हिन्दूहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल