३० जनालाई मारेर खाए यी जोडीले

human_eater_fMXMReGtOyरुसको क्रासनोदर सिटीमा पुलिसले एक ‘नरभक्षी’ जोडीलाई पक्राउ गरेको छ । जोडीले आफ्नो अपराध स्विकार गरेका छन् ।  उनीहरुले सन् १९९९ देखि अहिलेसम्म ३० जनालाई मारेर उनीहरुको मासु खाएको स्विकारेका छन् । पुलिसले यो जोडीको घरबाट आठ शवको अंग पनि बरामद गरेको छ ।

मानव मासुको बनाएर राखेका थिए अचारः

पुसिल रिपोर्ट अनुसार क्रासनोदर सिटिमा बस्ने ३५ वर्षका दिमित्री बोकेशेवले मानिसलाई मारेर उनीहरुको मासु खाने सिलसिला सन् १९९९ देखि सुरु गरेको स्विकारेका छन् ।

दिमित्रीले उक्त अपराधमा उनकी ४२ वर्षीया नर्स श्रीमती नतालिया पनि समावेश भएको जानकारी दिए । पुलिसले नतालियालाई पनि पक्राउ गरेको छ ।

यो जोडीले मानव मासुलाई थुप्रै दिनसम्म फ्रिजरमा राख्ने गरेको र उक्त मासुको  अचार पनि बनाउने गरेको खुलासा भएको छ ।

उनीहरुले घरमा नै एउटा भण्डार बनाएका थिए जहाँ उनीहरु आफ्ना शिकारीको शरिरको टुक्रा राख्थे र उनीहरुसँग सेल्फी पनि खिच्थे ।

उक्त भण्डारबाट १९ वटा छाला पनि बरामद गरिएको छ । यसबाट यो पत्ता लाग्छ कि आरोपीले हत्या पछि शवबाट छाला निकाल्ने गर्दथे ।

लागुपदार्थ दिएर बनाउँथे शिकारः

पुलिसको एक रिपोर्ट अनुसार अहिलेसम्म दिमित्री र नतालियाको भेट र विवाह कसरी भयो भन्नेबारे जानकारी आएको छैन । यद्यपी, उनको परिवार मिलिट्री एकेडेमीको क्वार्टर होस्टेलमा बस्ने गरेको पत्ता लागेको छ ।

अहिले यी दुबैलाई हिरासतमा राखिएको छ । उनीहरुले मानिसहरुलाई लागुऔषध दिएर आफ्नो शिकार बनाउने गरेको बताइएको छ । लागुऔषधको नशा चढेपछि उनीहरुको हत्या गरिने पनि खुलासा भएको छ ।

आरोपीहरुको मनोरोग सम्बन्धि परिक्षण पनि गरिएको छ जसमा दुबै मानसिक रुपमा स्वस्थ बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि