हानिकारक स्यानिटाइजर छ्यापछ्याप्ती

काठमाडाैं, भदाै २८ः घरमा स्यानिटाइजर। सवारी साधनमा स्यानिटाइजर। अफिसमा स्यानिटाइजर। खल्तीमै स्यानिटाइजर। जहाँ गयो त्यहीं स्यानिटाइजर। सम्झनासाथ हातमा दलिरहने स्यानिटाइजरले के साँच्चै कोरोना भाइरस शरीरमा छिर्न रोकिरहेको होला ? विज्ञहरू भन्छन्, ‘नक्कली र गुणस्तरहीन स्यानिटाइजरका कारण बरु मान्छेको स्वास्थ्यमा गम्भीर आघात पुगिरहेको छ।’

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले गरेको प्रारम्भिक अनुसन्धानमध्ये बजारमा प्रयोग भइरहेका स्यानिटाइजरमध्ये ४५ प्रतिशत प्रभावहीन (बरु हानिकारक) देखाएको छ। उसले २२ ब्रान्डको नमुना परीक्षण गर्दा ४५ प्रतिशतमा दुईखाले हानिकारक जीवाणु (ब्याक्टेरिया) लाई नष्ट गर्ने क्षमता नभएको पाएको छ। ती मानव स्वास्थ्यका लागि हानिकारकसमेत छन्।

औषधि उत्पादक संघका अनुसार देशभर ३ सयभन्दा बढी स्यानिटाइजर उद्योग छन्। तर, औषधी व्यवस्था विभागबाट जम्मा ४० वटाले मात्र सञ्चालन अनुमति लिएका छन्। ती सबैको अनुगमन एवं नियमन गर्न विभाग असमर्थ देखिएको छ।

विषाक्त स्यानिटाइजर छ्यापछ्याप्ती भएको गुनासोपछि बल्ल उसले ५ वटा उत्पादनलाई प्रतिबन्ध लगाएको छ। विभाग मातहतको राष्ट्रिय औषधि प्रयोगशालाले नमुना परीक्षण गर्दा ती अत्यन्त विषाक्त पाइएका थिए। विभागका महानिर्देशक नारायण ढकालका अनुसार ती उत्पादनले स्यानिटाइजरमा ८३ प्रतिशतसम्म मेथानल प्रयोग गरेका छन्। जब कि मेथानलले मानिसको ज्यानै जान सक्छ।

भक्तपुरको नेपाल कायाकल्प उद्योग, काठमाडौंका हाइजिन सोप एन्ड केमिकल प्रालि, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रिज प्रालि, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्सका पाँच ब्रान्डका स्यानिटाइजरको नमुना परीक्षण गर्दा तिनमा मानव स्वास्थ्यका लागि हानिकारक मेथानल मिसाएको पाइएको थियो। अ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक