स्वदेशी स्रोतबाटै बूढीगण्डकी निर्माण

सरकारले १२ सय मेगावाटको बूढीगण्डकी (जलाशययुक्त) आयोजना स्वदेशी स्रोतबाट निर्माण गर्ने निर्णय गरेको खबर आजको अन्नपूर्ण पोस्टबाट लिएका छौं ।

1111111111

यति ठूलो आयोजना स्वदेशी लगानीबाट सम्पन्न गर्ने निर्णय भएको पहिलोपटक हो। विकास थापाले अन्नपूर्ण पोस्टमा लेखेका छन् ।

सम्पूर्ण अध्ययन पूरा भई लगानीको बन्दोबस्ती हुनासाथ निर्माण सुरु गर्न मिल्ने बूढीगण्डकी एकमात्र आयोजना हो ।

आगामी आठ वर्षभित्र यो आयोजना पूरा गर्ने गरी शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । आयोजनाको अनुमानित लागत दुई खर्ब ५९ अर्ब रुपैयाँ छ।

गत कात्तिक २७ गते मन्त्रिपरिषद्ले चीनको गुजुवा ग्रुप कम्पनी र ऊर्जा मन्त्रालयबीच भएको बूढीगण्डकी निर्माणसम्बन्धी समझदारी खारेज गरेपछि मुख्य विपक्षी एमाले तथा गठबन्धनका नेताहरुले यो आयोजना भारतीय कम्पनीलाई दिनका लागि खारेज गरिएको आरोप लगाउँदै आएका थिए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण