March 5, 2017

स्थानीय तहको संख्या ७४४ बनाइने

फागुन २२,काठमाडौँ – स्थानीय तहको संख्या ७४४ बनाउने मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले निर्णय गरेको छ ।

माओवादी र कांग्रेसबीच भएको सहमति अनुसार स्थानीय तहको संख्या ७४४ बनाउने निर्णय भएको हो ।

यसअघि स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदलले स्थानीय तह थप्ने प्रस्ताव सहितको प्रतिवेदन मन्त्रिपरिषदमा बुझाएको थियो ।

कार्यदलले १० जिल्लामा १९ स्थानीय तह थप्ने प्रस्ताव गरेको थियो भने माओवादी र कांग्रेसबीच मधेसमा ४ र पहाडमा दुई थप्ने सहमति भएको थियो ।

यो संख्या बालानन्द पौडेल नेतृत्वको स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगले ७१९ स्थानीय तह सिफारिस गरेको थियो । जसमा मधेसी मोर्चाले असन्तुष्टि जनाएको थियो ।

त्यसपछि सरकारले अध्ययनका लागि कार्यदल गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न