सफल हुन चाहनु हुन्छ?

success

बिबिसी – हामीले कतिपय व्यक्तिलाई कैयौंपल्ट एक्लै आफैंसँग बोलिरहेको देखे÷सुनेका छौं । सामान्यतया कोही यसरी एक्लै बोलेको सुन्दा हामी छक्क पर्छौं र कस्तो सन्काहा मान्छे होला भनेर सोच्छौं पनि । हामीलाई लाग्छ, मानसिक असन्तुलनले उनीहरू आफैंसँग बोल्छन् ।
हामीले मानसिक असन्तुलन भएको भनेर वास्ता गर्दैनौं तर खासमा यसरी आफैंसँग कुरा गर्ने वा बोल्ने बानी हाम्रा लागि निकै फाइदाजनक छ ।

अहिले अधिकांश विशेषज्ञहरू आफैंसँग बोल्न वा कुरा गर्न सुझाव दिन्छन् । उनीहरूका अनुसार आफैंसँग कुरा गर्दा स्मरण शक्ति तीव्र हुन्छ वा बढ्छ । आत्मविश्वास बढ्छ र एकाग्रता पनि बढ्छ।

अमेरिकाको विस्कोन्सिन विश्वविद्यालयका प्रोफेसर ग्यारी लुपयन ठूलो स्वरमा आफैंसँग कुरा गर्नु हामीलाई अनौठो लागे पनि सफल  हुने उपाय हो भन्छन् ।

आफूले गरेको अध्ययनका आधारमा उनी यसो गर्दा हामीलाई धेरै फाइदा हुनसक्ने बताउँछन् ।
प्रोफेसर ग्यारीले एउटा अध्ययन गरेका थिए, जसमा केही व्यक्तिलाई कम्प्युटरको स्क्रिनमा केही वस्तु हेर्न मात्र भनियो र केहीलाई भने ठूलो स्वरमा ती वस्तुको नाम भन्न लगाइयो ।

परीक्षणमा ठूलो स्वरमा वस्तुको नाम भनेका व्यक्तिले फेरि स्क्रिनमा ती वस्तु छिटो चिन्न सके भने जसले हेरेका मात्र थिए उनीहरूलाई भने ती वस्तु चिन्न केही समय लाग्यो ।

यस्तै अर्को अध्ययन उनले खुद्रा पसलमा पनि गरे । अध्ययनमा जसले सब्जीको तस्बिर हेरेर ठूलो स्वरमा नाम उच्चारण गरे उनीहरूले पसलमा त्यो सब्जी खोज्न सजिलो भयो ।

प्रोफेसर ग्यारीका अनुसार जब हामी कुनै वस्तुको नाम ठूलो स्वरमा उच्चारण गर्दा त्यो वस्तुको तस्बिर हाम्रो मस्तिष्कमा बन्छ । हाम्रो मस्तिष्कले आवश्यक हुनासाथ सम्झनामा त्यो वस्तुको तस्बिर ल्याइदिन्छ ।

बेलायती मनोवैज्ञानिक र लेखिका एनी विल्सन आफ्ना सबै ग्राहकलाई आफूसँग कुरा गर्न÷बोल्न सल्लाह दिने गरेको बताउँछिन्।

आफ्ना कुनै बिरामीलाई धेरै रिस उठ्दा पनि उनी आफैंसँग कुरा गर्न सल्लाह दिन्छिन् । उनको भनाइमा यसो गर्दा समस्याको समाधान निस्कन्छ र रिस मत्थर हुन्छ ।

‘हामी सधैं आफ्नो वरिपरि आफूभन्दा धेरै जान्ने/बुद्धिमान व्यक्तिहरू  होऊन् भन्ने चाहन्छौं,’ विल्सन भन्छिन्, ‘जोसँग केही सिक्न सकियोस्।’

हामीले बुझ्नु पर्ने महत्वपूर्ण कुरा के हो भने जस्ता विशेषता हामी अरुमा खोज्छौं, ती सबै आफैंमा विकास गर्न सक्छौं ।

किनभने मानिसले आफैंले सबैभन्दा बढी आफूलाई चिनेको÷बुझेको छ । आफूसँग कुरा गर्न÷बोल्न थालेपछि धेरै हदसम्म अरुका त्यस्ता विशेषता हामी आफैंभित्र पाउन सफल हुन्छौं ।

यसो गर्दा हामी आफैंलाई सबैभन्दा चाखलाग्दो व्यक्तिका रुपमा पाउँछौं र आफैंसँग हाम्रो मित्रता हुन्छ ।

सन् २०१४ मा प्रकाशित एउटा अध्ययनअनुसार कसैलाई तँ, तिमी वा तपाईं भनेर सम्बोधन गर्दा आफ्ना भावना तत्काल नियन्त्रणमा राखेर कुरा गर्छौं । र, आफूसँग यसरी कुरा  गर्दा पनि हामी आफैंलाई अर्को व्यक्ति जसरी सम्बोधन गर्छौं र आफूलाई सम्झाउँछौं।

बेलायती युजिन ग्याम्बल यसको प्रत्यक्ष उदाहरण हुन् । वर्षौंसम्म डेन्टिस्टका रुपमा काम गरेका उनले एक दिन डेन्टिस्ट्री चटक्क छाडेर व्यापार गर्ने निधो गरे । व्यापारको कुनै अनुभव नभएकाले उनी कैयौंपल्ट असफल भए ।

त्यसपछि उनले व्यापारिक प्रशिक्षकसँग तालिम लिए, जसले उनलाई आफैंसँग कुरा गर्ने पहिलो सुझाव दिए । नभन्दै यसबाट उनलाई फाइदा भयो । 

अहिले उनले कुनै पनि व्यापारिक प्रजेन्टेसन दिनु परे सबैभन्दा पहिले आफैंसँग कुरा गर्छन् र ठूलो स्वरमा प्रजेन्टेसन गर्नुपर्ने विवरण पढ्छन् ।

यसो गर्दा आफ्नो अवधारणामा एकाग्र हुन सक्छन् र उनी प्रजेन्टेसन सजिलै सम्झन्छन् । 
तर हामी सबैले जति बेला पनि आफूसँग बोलिरहन वा कुरा गरिरहन सम्भव छैन र हामी यसो गरिरहन सक्दैनौं पनि । 

यसो गर्न नसक्ने सबैभन्दा ठूलो कारण यसरी आफैंसँग कुरा गर्ने व्यक्तिलाई समाजले बौलाहा भनेर दुत्कार्न थाल्छ । यसैले पनि कैयौं व्यक्ति चाहेर पनि आफूसँग कुरा गर्न सक्दैनौं ।
उनीहरू आफूलाई समाजले सन्काहा वा बौलाहा भन्छ भनेर डराउँछन् ।

अध्ययन भन्छ– बालबालिकाको विकासमा यो निकै प्रभावकारी हुन्छ । सन् २००८ मा प्रकाशित एउटा अध्ययन प्रतिवेदनअनुसार पाँच वर्षको उमेर समूहका जति बालबालिकाले आफूसँग धेरै बोले÷कुरा गरे उनीहरू चुप लागेर बस्ने बालबालिकाभन्दा निकै बुद्धिमान थिए ।

तपाईं पनि आफ्नो स्मरण शक्ति तीव्र पार्न चाहनु हुन्छ, काममा एकाग्र हुन चाहनु हुन्छ भने आफ्नो साथी आफैं बन्नुहोस् र आफैंसँग कुरा गर्नुहोस् ।

यसो गर्दा सुरु सुरुमा अनौठो लाग्छ, तर यसबाट हुने फाइदा अनुभव गरेपछि भने तपाईं आफैं छक्क पर्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए