February 24, 2020

संसद बैठक चल्न दिने कांग्रेससहित तीन दलको निर्णय

 

फागुन १२, काठमाडौँ । गोकुल बाँस्कोटाले ७० करोड कमिसन डिल गरेको अडियो प्रक्रणपछि नेपाली काँग्रेसले अबरुद्ध गर्दै आएको प्रतिनिधिसभा बैठक मंगलबार भने बस्न दिने भएको छ ।  

काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार काँग्रेससहित समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच भएको संयुक्त छलफलमा सो सहमति भएको हो ।  

यसअघि फागुन ८ गते बिहीबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै बैठकमा बाँस्कोटा प्रकरणलाई लिएर काँग्रेसले तीन वटा माग राख्दै बैठक अवरुद्ध गरेपछि मंगलबारसम्मका लागि बैठक स्थगित भएको थियो ।  

तीन दलबीचको बैठकमा मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने सहमति भएको काँग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिएकी छिन् ।

संसद अवरुद्ध गरेर समस्याको समाधान नहुने निश्कर्ष निकाल्दै तीन दलले मंगलबारको बैठकमा आफ्नो दलको तर्फबाट धारणा राख्ने सचेतक भुषाले जानकारी दिइन् ।  

तीन दलबीच सरकारविरुद्ध मोर्चाबन्दी गरेर अघि बढ्ने विषयमा समेत सहमति भएको छ ।  

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड रुपैयाँ कमिसन मागेको अडियो टेप सार्वजनिक भएपछि काँग्रेसले प्रधानमन्त्रीको धारण समेत माग गरेको छ । यसविषयमा आइतबार छाया मन्त्रीपरिषद्मा छलफल भएअनुसार काँग्रेसले प्रतिपक्षमा रहेका अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको थियो ।  

सोहीअनुसार समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुबीच छलफल भएको हो ।  

बाँस्कोटाको मन्त्रीबाट बर्खास्ती, प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने र तटस्थ रुपमा बाँस्कोटामाथि छानबिन हुनुपर्ने काँग्रेसको बटमलाइन छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक