January 31, 2020

विश्वकै अग्लोमध्ये एक कुस्माको बञ्जीजम्पको सफल परीक्षण

पर्वतको कुस्मा बजारमा कालीगण्डकी नदीमाथि बनेको विश्वकै अग्लो मध्ये एक बञ्जीजम्पको सफल परीक्षण भएको छ । पर्वनको सदरमुकाम कुश्मा बजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्ने गरी कालीगण्डकीमाथि निर्माण भएको पुलबाट २ सय २८ मिटर अग्लो बञ्जीजम्पको श्रीपञ्चमीको शुभसाइतमा बिहीबार सफल परीक्षा गरिएको हो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशित छ ।

द क्लिफ नेपाल प्रालिले सञ्चालन गरेको बञ्जीमा यसअघि ड्रम पठाएर परीक्षण गरिँदै आएकोमा बिहीबार मानिसले नै पहिलो पटक परीक्षण गरेका छन् । बञ्जीका सञ्चालक राजु कार्कीले बन्जी शुभारम्भ गरेका थिए ।

प्राकृतिक पुलमा निर्माण भएको विश्वकै अग्लो बञ्जीजम्प भएको दाबी सञ्चालकको छ । बञ्जी जम्पमा आउने पर्यटकहरुलाई ध्यानमा राखेर बागलुङको बलेवामा २५ रोपनी क्षेत्रफल जग्गामा क्याम्पिङ रिसोर्ट सञ्चालनका लागि संरचना निर्माण काम भइरहेको छ । रिर्सोटमा सबैजसो कोठाहरु टेन्टबाट बनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण