March 30, 2020

लकडाउन : ऐतिहासिक रुपमा स्वच्छ बन्यो काठमाडौं

कोरोना भाइरसको संक्रमण रोक्न गत मंगलबारदेखि देश लकडाउनमा छ। यसले घरभित्रै बस्नुपर्दा जनजीवन कष्टकर र चुनौतीपूर्ण बन्दै गएको छ। तर यो असहज परिस्थितिले राजधानी काठमाडौंको वायुको गुणस्तरमा भने ऐतिहासिक सुधारको मौका दिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

सधैंजसो प्रदूषणको सरदर स्तर जनस्वास्थका लागि हानिकारक भइरहने राजधानी हिजोआज ऐतिहासिक रुपमा स्वच्छ भएको छ, वायु प्रदूषण ह्वात्तै घटेको छ।

यसको प्रमुख कारण लकडाउनका बेला गाडी नचल्नु, राजधानीमा रहेका कलकारखाना बन्द हुनु र गत शुक्रबारसम्म सक्रिय रहेको पश्चिमी वायुले काठमाडौं खाल्डोको प्रदूषण बढारेर उपत्यकाबाहिर लग्नु भएको विज्ञ बताउँछन्। आइतबार २ बजे रत्नपार्कको पिएम २.५ को स्तर ४ दशमलव १४ माइक्रोग्राम प्रतिघनमिटरमा झरेको थियो भने शनिबार दिउँसो ३ बजे काठमाडौंको फोहोरा दरबारमा पिएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटर थियो। 

यो स्तर काठमाडौंको वर्षभरिको औसत वायु प्रदूषणभन्दा करिब १० गुणाले कम हो र विश्व स्वास्थ संगठनको तोकेको मापदण्डभन्दा आधा कम हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण