June 5, 2017

यति बैंकले उपत्यकाको जेब्रा क्रसिङ मर्मत गर्ने

yeti-768x192

काठमाडौँ, २२ जेठ । यति डेभलपमेन्ट बैंक लिमिटेडले उपत्यकाका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गरिदिने भएको छ ।

ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गको विशेष समन्वयमा यति डेभलपमेन्ट बैंकले दरबारमार्ग र त्यस वरपरका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गर्न लागेको हो । ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गमा आज भएको कार्यक्रममा बैंकका कामु कार्यकारी अधिकृत दिपेश लम्साल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

महाशाखाका प्रमुख लामाले वार्षिक ४० देखि ४५ प्रतिशत मानिस जथाभावी बाटो काटेका कारण अकालमा मृत्यु हुने गरेको बताउँदै यसलाई कमी गर्नका लागि जेब्रा क्रसिङ बनाउन साथै मर्मत गरेर बैंकले राम्रो काम गरेको बताए । उनले भने– “सामाजिक कामका लागि सबै एकजुट हुनुपर्छ ।”

बैंकका कामु कार्यकारी अधिकृत लम्साल ट्राफिकले चालेको कदममा साथ दिन पाएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गका प्रमुख प्रहरी निरीक्षक सुनिलजङ्ग शाहले जेब्रा क्रसिङको निर्माणसँगै जथाभावी बाटो काट्ने प्रवृत्तिको अन्त्य हुने बताए ।

महाशाखाले एक हप्ताभित्र उपत्यकाका मुख्य सडकमा जेब्रा क्रसिङ बनाएर जेब्रा क्रसिङको प्रयोग नगर्ने यात्रुलाई कारबाही गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा