March 1, 2020

माथिल्लो तामाकोशी आयोजनाः पेनस्टक जडानको काम आधा सकियो

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशय तथा डिसेल्टिङ बेसिनको परीक्षण गरिने भएको छ । चैत महीनाको प्रारम्भमा नै आयोजनाको जलाशय तथा डिसेल्टिङ बेसिनमा पानी पठाई परीक्षण गरिने भएको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  नवराज शिवाकोटीले लेखेका छन् । 

फागुन महीनामा आवश्यक प्राविधिक कार्यहरू सम्पन्न गरी चैत महीनाको प्रारम्भमै जलाशय तथा डिसेल्टिङ बेसिनमा पानी पठाई परीक्षण गरिने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले बताए ।

आयोजनाको कठिन काम मानिएको माथिल्लो तथा तल्लो भर्टिकल साफ्ट (ठाडो सुरूङ) मा पेनस्टक जडान गर्ने काम अहिले चलिरहेको प्रवक्ता न्यौपानेको भनाइ छ । उनका अनुसार फागुन १५ गते सम्ममा ३७३ मीटरको तल्लो भर्टिकल साफ्टमा २३० मीटर तथा ३१० मीटरको माथिल्लो भर्टिकल साफ्टमा १४० मीटर पेनस्टक पाइप जडान सम्पन्न भएको छ । 

प्रतिशतका हिसाबले तल्लो भर्टिकल साफ्टमा ६१ दशमलव ६६ तथा माथिल्लोमा ४५ दशमलव १६ प्रतिशत पेनस्टक जडान भएको छ । समग्रमा कुल ६८३ मीटर लामो भर्टिकल साफ्टमा फागुन १५ गते सम्ममा ३७० मीटर पेन स्टक पाइप जडान सम्पन्न भएको छ । जुन भर्टिकल साफ्टको कुल लम्बाइको ५४ दशमलव १७ हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण