महिनावारीका बेला हुने समस्याको हल पढ्नुहोस् !

चैत ३१ – महिनावारीको क्रममा हर्मोनको संतुलन बिग्रने भएकाले वा स्वस्थ खानेकुरा नखाएका कारण थुप्रै पटक अत्यधिक रक्तश्राव हुने गर्दछ । यसलाई मेनोरहेजिया भनिन्छ । आयुर्वेदमा यो समस्याबाट बच्नका लागि केही तरिकाबारे जानकारी दिइएको छ  ।

सुन्तलाको रसः

एक ग्लास सुन्तलाको जूसमा दुई चम्चा कागतीको रस मिसाएर दिनमा तीन–चार पटक पिउँदा रक्तश्राव कम हुने गर्दछ ।

धनियाँ पाउडरः

ए ग्लास पानीमा दुई चम्चा धनियाको पाउडर मिसाएर उमाल्नुहोस् । यसलाई चिसो गरेर पिउँदा महिनावारीका बेला अत्यधिक रक्तश्राव हुँदैन ।

अमलाको रसः

अमलाको रस र पुदीनाको रसलाई दहीमा मिसाएर खाँदा रक्तश्राव कम हुन्छ ।

फर्सीः

फर्सीलाई काटेर सुकाउनुहोस् । यसमा चिनी मिसाउनुहोस् र दुध वा दहीमा मिसाएर खाँदा महिनावारी सामान्य हुन्छ ।

मेवाः

यसमा पपाइन इन्जाइम हुन्छ जसले रक्तश्रावको असर कम गर्छ । आयुर्वेद अनुसार मेवा खाँदा रक्तश्राव कम हुन्छ ।

सौफः

एक ग्लास पानीमा एक चम्चा सौफ हाल्नुहोस् र उमाल्नुहोस् । त्यसपछि यसलाई छानेर तात्ततै पिउनुहोस् । यसले महिनावारी नियमित हुन्छ ।

उखुको रस:

उखुको रसलाई हप्ताको दुईपटक पिउँदा रक्तश्राव साधारण रहन्छ ।

मेथीदानाः

मेथीदानालाई पिसेर पाउडर बनाउनुहोस् । यसलाई दिनमा दुईपटक दुधमा मिसाएर पिउँदा महिनावारी सामान्य हुन्छ ।

दालचिनीः

एक कप पानीमा दालचिनीको एक स्टिक हालेर उमाल्नुहोस् । यसलाई छानेर पिउँदा रक्तश्राव कम हुन्छ ।

खरबुजाः

यसमा म्याग्नेसियम हुन्छ जसले प्रोजेस्टेरोन, एस्ट्रोजन हर्मोनको स्तर सन्तुलन हुन्छ र महिनावारीको क्रममा अत्यधिक रक्तश्रावबाट जोगाउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि