मनाङेले टिकट पाएनन्, पुरा गरे ओलीले बोली

Manangeकाठमाडौं, ५ कात्तिक । एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलेजस्तै गुन्डा नाइकेलाई प्रदेश र प्रतिनिधि सभामा उम्मेदवार नबनाउने निर्णय एमालेले गुन्डा नाइके दिपक मनाङेको हकमा लिएको छ ।

मनाङ ‘ख’का लागि प्रदेश सभा उम्मेदवारमा सिफारिस परेका दिपक मनाङेको नाम काटेर खण्डा लामा गुरूङलाई उम्मेदवार तय गरेको छ । गुरूङ मनाङेसँगै राप्रपाबाट एमालेमा प्रवेश गरेकी थिइन् ।

एमाले स्थायी कमिटिले शनिबार राती मनाङेको विकल्पमा उम्मेदवार तय गरेको थियो । जिल्लाबाट सर्वसम्मत रूपमा आए पनि र जित्ने निश्चित हुँदा हुँदै पनि एक सिटका कारण देशभर एमालेको बद्नाम हुने भन्दै शीर्ष नेताहरूले दीपक मनाङेलाई टिकट नदिने निर्णय गरेको हो ।

यता, मनाङे भने एमालेको बागी उम्मेदवार भएर चुनावको तयारीमा रहेका छन् । मनाङेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा