January 6, 2020

भाडाको कोठाभन्दा सस्तो लज !

सवारी चालक इन्द्र श्रेष्ठको यहाँ न घर छ, न त डेरा तर उनको बसाइ र सुताइ आरामदायी नै छ । श्रेष्ठका अनुसार उनको बसाइ भोटेबहालको लजमै हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

डेरा लिँदा महिनामा १० हजार रुपियाँ तिर्नुपर्छ तर लजमा सुत्दा प्रतिरात १५० रुपियाँ तिरे पुग्छ । खाना पनि लजमै सस्तोमा पाइन्छ । नुहाउन पानी पाइन्छ । शौचालय व्यवस्थित मिल्छ ।

डेरा कोठामा जस्तो पानी नपाइने, अप्ठ्यारो शौचालय र खाना पकाउने टन्टा भएन । “यति सुविधा हुँदाहुँदै टन्टा कसले बोकोस् ?”, श्रेष्ठको भनाइ छ ।

त्यसो त काठमाडौँका भोटेबहाल, गणबहाल र सहरका यत्रतत्र लजमा एउटै कोठामा छ बेडको व्यवस्था हुन्छ ।

छ बेडमा १२ जना मिलेर सुत्ने र आधाआधा पैसा उठाएर लजलाई तिर्ने, निरन्तर लजमा सुत्नेलाई त लज सञ्चालकले छुट दिँदा झनै फाइदा हुने श्रेष्ठको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण