भकुण्डेवेसीमा वित्तीय जागरण ः राष्ट्रिय अभियान

वित्तीय जागरण राष्ट्रिय अभियानअन्तर्गतको कार्यक्रम बुधबार काभ्रेको भकुण्डेवेसीमा सम्पन्न भएको छ । मिडिया इन्टरनेशनलको आयोजना तथा नेपाल राष्ट्र बैंकको प्रवद्र्धनमा सञ्चालन भइरहेको अभियानअन्तर्गत यसपटकको कार्यक्रम काभ्रेमा गरिएको हो । vakundey
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभागका प्रमुख नरबहादुर थापाले बैंकिङ क्षेत्रलाई प्रयोग गरेर समृद्धि हासिल गर्न सबैलाई आह्वान गरे । नेपालको आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै थापाले वित्तीय सेवाको पहुँच नपुगेको स्थानमा छिटै बैंकिङ शाखा विस्तार गर्नुपर्ने कुरामा जोड दिए । राष्ट्र बैंकले नीति तर्जुमा गर्दा अध्ययन गर्ने गरेको जानकारी दिँदै कार्यकारी निर्देशक थापाले राष्ट्र बैंकको नीतिमाथि प्रश्न नउठाउन आग्रह समेत गरे ।
त्यस्तै, नमबुद्ध नगरपालिकाका उपप्रमुख बामदेब तामाङले बैंकिङ क्षेत्रले मुलुकको विकासमा ठूलो योगदान दिने भन्दै यो क्षेत्रमा राम्रो नीति ल्याइनुपर्ने बताए । अहिले बैंकिङ क्षेत्रमा व्याज महँगो भएको जानकारी गराउँदै उनले यसप्रति ध्यान दिनुपर्ने समेत बताए । कार्यक्रममा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रामहरी दाहालले लघुवित्तहरुको महत्व र आवश्यकताका बारेमा प्रष्ट पारे । त्यस्तै, विन्धवासिनी सहकारीका प्रमुख मेनेजर केबी लामाले बैंक नपुगेको ठाउँमा पनि सहकारीहरुले सेवा पुर्याइरहेको बताए ।
कार्यक्रममा बोल्दै वित्तीय साक्षरता राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले समग्र मुलुकको समृद्धिको लागि वित्तीय साक्षरता हुनु जरुरी रहेको बताए । बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स एसोसिएसनको समेत सहकार्य रहेको वित्तीय साक्षरता कार्यक्रम देशव्यापी रुपमा सञ्चालन भइरहेको छ । नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता नीति अन्तर्गतको यो राष्ट्रिय कार्यक्रम हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा