January 24, 2017

बिकास र सम्वृद्धिको लागि काभ्रेमा उर्लीयो नयाँ शक्ती, मौषमी राष्ट्रबाद फलाग्नेहरु नाजीवाद र ट्रम्पवादी हुन् ःडा.भट्टराई

बिकास र सम्वृद्धिको लागि काभ्रेमा उर्लीयो नयाँ शक्ती, मौषमी राष्ट्रबाद फलाग्नेहरु नाजीवाद र ट्रम्पवादी हुन् ःडा.भट्टराई


१० माघ, बनेपा, राष्ट्रिय युबा अभियान काभ्रेको प्रथम जिल्ला सम्मेलनमा सम्बोधन गर्दै नयां शक्ति पार्टी, नेपालका संयोजक तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको इतिहासको निर्माता युबा शक्ति हो र जसका कारण संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको तर पुराना पार्टीहरुको युबाप्रति हेर्ने दृष्टिकोण र सोच गलत भएको कारण युबा शक्ति विदेश पलायन मात्र नभइ पराधिन र परनिर्भर अर्थतन्त्रमा राष्ट्र गुज्रेकोले संविधान संशोधन गरि मधेसवादी लगायतका असन्तुष्ठ पक्षलाई समेत मूलधारमा ल्याउनु पर्नेमा जोड दिए । संविधान कार्यन्वयन नहुंदा विगतमा भएका परिवर्तन र क्रान्ति गलत त थिएनन भन्ने आशंका जनतामा पैदा भएकोले विकास र सर्मद्धिको लागि राष्ट्रिय एकता र स्वाधिनता आवश्यक भएको बताए । IMG_20170123_154252IMG_20170123_124209
अर्को प्रशङ्गमा जोड दिंदै भट्टराईले आज नेपालमा मौषमी राष्ट्रबादको नारा लगाएर नाजीवाद र ट्रम्पवादीIMG_20170123_131103हरु हावी हुन लागेकोले उनिहरुको षडयन्त्रबाट देशलाई बचाउंदै नेपाल र नेपाली जनतालाई हाम्रै पालामा विकसित र सर्मद्ध नेपाल बनाउने, गरिवि हैन समृद्धि तथा सम्पन्न हुने पार्टीको खाका प्रस्तुत गर्दै नयां शक्ति पार्टी स्थापना हुनुको प्रस्ट्याई गरे साथै सम्पूर्ण यूवाहरुले पुराना पार्टीहरुको घेराबन्दीवाट मुक्त भई नयां शक्तिले ल्याएको विकास र समृद्धिको योजनामा गोलबद्द भई आगामी दिनमा स्वाधिन, समावेशी सहितको राष्ट्रिय एकता कायम गर्दै अन्धजातीवाद, विखण्डनवादलाई परास्त गर्दै स्थिर सरकारको लागी उक्त पार्टीले सारेको कार्यकारी प्रमुखको पक्षमा जनलहर पैदा गर्दै नयां शक्ति पार्टीलाई सरकारमा पुर्याएमा उसले ल्याएको नयां, वैज्ञानीक विचारवाट देश समृद्ध बन्ने ठोकुवा समेत गरे । सोही पशङ्गमा आपूmले अर्थमन्त्रि र प्रधानमन्त्रि हुंदा विभिन्न घेराबन्दीको बाबजुद राष्ट्रिय पुर्वाधार र जनपक्षिय सक्दो काम त गरेको तर स्थिर सरकार नभएकोले काम अधुरो हुंदाहुंदैपनि सुशासन र अर्थतन्त्रको प्रविधिमा महत्वपुर्ण कार्यको थालनी गरेको प्रष्ट्याई गरे ।
IMG_20170123_151225IMG_20170123_154059IMG_20170123_124615 युवा अभियान काभ्रेका उत्प्रेरक नविन तामाङ्गको संचालन र युवा नेता नीरज शाहको सभापतित्वमा भएको कार्यक्रमा प्रमुख अतिथि तथा प्रमुख बक्ता डा. भट्टराई र अन्य बक्ताहरुमा सो पार्टीका ३ नं. प्रदेश संयोजक गंगा नारायण श्रेष्ठ, काभ्रे उत्प्रेरक मनु हुमगाई, नुवाकोट संयोजक प्रेम लामा लगायत अन्य पार्टीका युवा नेताहरुले शुभकामन मन्तव्य दिएका थिए । साथै ख्याती प्राप्त कलाकारहरुको रोचक प्रस्तुतीमा हजारौंको संख्यामा रहेको मास कार्यक्रमको अन्त्यसम्म मन्त्रमुग्ध र व्यवस्थित तथा भरिभराउ नै थियो । उक्त कार्यक्रममा अन्य पार्टीहरु परित्याग गरि सयौंका संख्यामा प्रवेशी युबाहरुलाई डा. भट्टराइले टीका लगाएर पार्टी प्रवेश गराएका थिए । अन्त्यमा उक्त भेलाले प्रेम लामाको नेतृत्वमा ५७ सदश्य जिल्ला संगठन समिति घोषणा गरेको थियो । सयौंको संख्यामा युवाहरुले बनेपा वरिपरि मोटर साईकल र्याली गरि १२ बजे शुरु भएको कार्यक्रम दिउसो ४.३० मा सम्पन्न भएको थियो । पार्टी स्थापना भएको ६ महिना नपुग्दै नयां शक्तिमा देखिएको जनलहर हेर्दा काभ्रेमा छोटै समयमा नयां शक्तिले आप्mनो सशक्त पहिचान र अस्तित्व बनाउनेमा दुविधा नरहेको स्थानिय विश्लेषकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक