बालबालिकालाई खोप आज

कुनै एक केन्द्रमा एक किसिमको खोप पाउने गरेकोमा अब सबै केन्द्रमा दुवै खोप पाइनेछ ।

काठमाडौँ, पुस ७ गते । फाइजर खोपको दोस्रो मात्रा लगाउन छुटेका उपत्यकाका बालबालिकाका लागि बुधबार खोपको व्यवस्था गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले धेरै बालबालिकाले पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउन बाँकी रहेको गुनासो आएपछि फाइजर खोपको दोस्रो मात्रा बुधबारका लागि छाउनीस्थित नेपाली सैनिक अस्पतालमा व्यवस्था गरिएको बताउनुभयो ।

स्वास्थ्य कार्यालयले हरेक दिन कोरोनाविरुद्धको भेरोसेल र कोभिसिल्डको पहिलो र दोस्रो मात्रा खोप दिइरहेको छ । उहाँका अनुसार सैनिक अस्पताल छाउनी, शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र निजामती अस्पतालमा सधैँभरि खोप लगाइने व्यवस्था गरिएको छ । यसअघि कुनै एक केन्द्रमा एक किसिमको खोप पाउने गरेकोमा अब सबै केन्द्रमा दुवै खोप पाइनेछ ।

स्वास्थ्य कार्यालय प्रमुख काफ्लेले पहिलो वा दोस्रो मात्रा खोप एकै पटक लगाउन पाइने जानकारी दिँदै अब हरेक केन्द्रमा दुवै खोपको व्यवस्था गरिएको बताउनुभयो । उहाँले दुवै खोपको व्यवस्था मङ्गलबारबाट गरिएको बताउँदै अस्पतालबाहेक प्रमुख चार नाकाबाट पनि खोपको व्यवस्था गरिएको बताउनुभयो । कोटेश्वर, नयाँ बसपार्क, कलङ्की र बल्खुमा खोपको व्यवस्था गरिएको छ ।

हाल मोडर्ना खोप लगाएका ५७ जिल्लाबाहेकका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ । सरकारले १२ देखि १८ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाउन लागेको हो । खोप शाखा प्रमुख सागर दाहालले यही पुस १३ देखि २२ गतेसम्म पहिलो मात्रा फाइजर खोप सञ्चालन निश्चित भए पनि अझै फाइजर खोप नआएका कारण उक्त मिति सर्न सक्ने बताउनुभयो । उहाँले यसअघि फाइजर खोप लगाइएका जिल्लाबाट पुनः फाइजर खोप लगाउन सुरु गरिने जानकारी पनि दिनुभयो । उहाँका अनुसार डिसेम्बर २३ वा २४ तारिखसम्ममा छ लाख फाइजर खोप आउने छ । खोप आउन ढिलाइ भएमा यसअघि तोकिएको दिन परिवर्तन हुनसक्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक