बालकृष्ण ढुंगेल १२ वर्ष ५ महिना २२ दिन जेल

काठमाडौं । पक्राउ परेका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलले १२ वर्ष ५ महिना २२ दिन जेलमा बिताउनुपर्ने भएको छ ।

जिल्ला अदालत काठमाडौंका फैसला कार्यान्वयन अधिकारी धुब्र ढकालले दिएको जानकारीअनुसार २० वर्षको जन्मकैदमध्ये नेता ढुंगेलले ७ वर्ष ६ महिना कैद भुक्तान गरिसकेका छन् ।

ओखलढुंगाका उज्जन श्रेष्ठको हत्यामा संलग्न भएका ढुंगेललाई यसअघि नै पक्राउ गरी जेल राखिएको थियो ।

पक्राउ परे लगत्तै उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो । जिल्ला अदालत काठमाडौंका प्रवक्ता कृष्णप्रसाद नेपालले ढुंगेललाई सर्वस्वसहित १२ वर्ष ५ महिना २२ दिनको कैद भन्दै डिल्ली बजार सदरखोर चलान गरिएको जानकारी दिए ।

श्रेष्ठको हत्यामा संलग्न रहेको भन्दै २०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले कर्तव्यज्यानमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । पछि सर्वोच्च अदालतले २०६६ सालमा नै जिल्ला अदालतको फैसला ठहर गरेको थियो ।

ओखलढुंगाका श्रेष्ठको २०५५ सालमा भएको हत्यामा दोषी ठहर गरी ढुंगेललाई सर्वोच्च अदालतले २०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । 
त्यसयता उनी लुक्दै आएका थिए । 

संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था भएपनि ढुंगेलको हकमा अब कुनै पनि मिनाह गर्न नमिल्ने गरी तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, न्यायाधीशहरु सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, र ओमप्रकाश मिश्रको इजलासले २०७२ पुसमै फैसला गरेको थियो । 

त्यस बेला उक्त इजलासले आममाफी नदिन राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा परमादेश जारी समेत गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक