बजेट र मौद्रिक नीतिवीच तालमेल मिलेन

६ साउन,काठमाडौं– सरकारले चालु आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट र हालै आएको मौद्रिक नीतिबीच तालमेल नमिलेको निजी क्षेत्रका प्रतिनिधिले जनाएका छन् । बजेट ठूलो आकारको आएको र यसले थुप्रै लक्ष्य वोकेको भएपनि त्यसलाई कार्यान्वयनका लागि मौद्रिक नीतिमा भएको व्यवस्था प्रभावकारी नरहेको उनीहरुले बताए । 

_92669451_financeministry_2838kUauNuनेपाल व्यवस्थापन संघले वजेट र मौद्रिक नीतिका विषयमा छलफल गर्न राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सकारले वजेट राम्रो ल्याएको भएपनि खर्च गर्न नसक्दा त्यसको प्रभावकारीता नदेखिएको बताए । उनले निर्यात व्यापार वढाउने खालको वजेट आउनु पर्ने त्यसलाई मौद्रिक नीतिले पनि सहयोग गर्नुपर्ने बताए । यस्तै, नेपाल चेम्वर अफ कमर्सका अन्र्तराष्ट्रिय समिति सदस्य महेश श्रेष्ठले जनप्रतिनिधी निर्वाचित भएपछि कर बढाएको र व्यवसायीलाई थप समस्यामा पारेको वताए । जसले महंगी बढाउने काम गरिरहेको बताए । उनले सरकार ल्याएको बजेटमा औद्योगिक विकास भनेपनि मौद्रिक नीतिमा कतिपय सीमा तोकिदा समस्या भएको वताए । 

वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले भने मौद्रिक नीतिले व्यवसायीलाई समस्या नपारेको तर्क गरे । यदपी, विकास खर्च वढ्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा