January 30, 2020

प्रहरी समायोजनको बाटो खुल्दै

नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले सभामुख नहुँदा प्रमाणीकरणको प्रक्रिया रोकिएका चार विधेयक प्रमाणित गरेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सङ्घीय संसद्को तेस्रो अधिवेशनबाट पारित भएका पाँचमध्ये चार विधेयक सभामुख सापकोटाले बुधबार प्रमाणित गरेका हुन् । चारवटै विधेयक बुधबार नै राष्ट्रपति कार्यालय पठाइएको छ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सभामुखबाट प्रमाणित विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइने बताए । योगीले भने, “संवैधानिक व्यवस्थाअनुसार सभामुखबाट विधेयक प्रमाणित भएका छन् । प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पनि हामीले पठाइसकेका छौँ । ”

सभामुख सापकोटाले बुधबार नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक २०७५, प्रहरी समायोजन विधेयक २०७५, भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक २०७५ प्रमाणित गरेका हुन् । तीनवटै विधेयक संसद्को तेस्रो अधिवेशनबाट पारित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण