प्रधानमन्त्री देउवाले समय नदिएको भन्दै बाबुरामको असन्तुष्टि

काठमाडौं -बुढीगण्डकीको विषयमा छलफल गर्न एक सातादेखि समय माग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले समय नमिलाएको भन्दै पूर्व प्रधानमन्त्री एव्म नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईको सचिवालयले असन्तुष्टि जनाएको छ । Dr-Baburam-Bhattarai

‘पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा। बाबुराम भट्टराईले गोरखा र धादिङका सबै पार्टी सम्मिलित बुढीगण्डकी सरोकार समाजको प्रतिनिधिमण्डल सहित भेट्न र बुढीगण्डकी आयोजनाको बारेमा कुरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग विगत एक हप्तादेखि मात्रै १० मिनेट समय माग्दा पनि प्रधानमन्त्री र उहाँको सचिवालयबाट निरन्तर वेवास्ता भइरहेको छ ।’ बाबुरामको सचिवालयले भनेको छ, ‘राष्ट्रिय गौरवका आयोजनासँग सम्बन्धित विषयमा समेत प्रधानमन्त्रीको वेवास्ता र उदासिनताले विकास र समृद्धि वर्तमान सरकारको प्राथमिकतामा नभएको पुष्टि गर्दछ ।’

यस अघि पनि डा.भट्टराईको सचिवालयले प्रचण्ड प्रधानमन्त्री समय नदिएको भन्दै असन्तुष्टि राखेको थियो । 

बुढीगण्डकी निर्माणको काम चिनियाँ कम्पनीलाई दिने प्रक्रिया र वित्रिप्रति बाबुरामले असहमति राख्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा