February 5, 2020

‘प्रचण्डजी र म भर्खर लभ परेको जोडी होइनौँ, अर्कालाई भेट्यो कि ठुस्किने’

प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार साँझ बालुवाटरमा राष्ट्रिय दैनिक, राजधानीमा रहेका ठूला सञ्चार गृह र चर्चित अनलाइन न्युजपोर्टलका सम्पादकहरुसँग छलफल गरेका छन् । आजको नेपाल समाचार दैनिकमा समाचार छ ।

chor

करिब एक घण्टा लामो सो कुराकानीका क्रममा प्रम ओलीले धेरैपटक सम्पादकहरुलाई हँसाएका थिए । उनले भनेका थिएः

– भैसेँपाटीमा केही साथीहरु बैठक बस्नुभयो तर म त्यसमा थिइनँ भनेर ओली अल्पमतमा पर्यो भनेर तपाईंहरुले लेख्नुभयो, के हामी भर्खर लभ परेका जोडी हौँ र प्रेमीले अर्कालाई भेट्यो भनेर ठुस्किने ?

– तपाईं पत्रकारहरु मेराबारे कति लेख्नुहुन्छ, मैले पनि कहिलेकाहीँ पत्रकारसँग मलाई बुझ्ने मुटु छैन कि क्या हो भनेर गुनासो गर्न नपाउने ? बलिङ भएपछि अलिअलि ब्याटिङ पनि भइहाल्छ नि ।

– रिसको झोकमा एक साथीले अर्कोलाई भन्छ – अहिले मार्दिन्छु, हात पनि उठाउला, मार्दैन नि । पत्रकार र मेरो सम्बन्ध त्यस्तै हो ।

– तपाईंले चाहेजस्तो त परको कुरा मैले चाहेजस्तो छिटो काम पनि गर्न सकिरहेको छैन, कमिटीमा वर्षौंसम्म गर्दै आएका साथीहरु छन्, मभन्दा पहिला पार्टी चलाएका र प्रधानमन्त्री भएका मित्रहरु छन्, अदब पुर्याएर काम गर्नुपर्यो, समय त लागिहाल्छ नि ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण