नोकिया नाइन अहिलेसम्मकै उत्कृष्ट स्मार्टफोन !

नोकियाको बहुप्र्रतिक्षित नोकिया नाइन स्मार्टफोनका विषयमा लामो समेयदेखि विभिन्न खाले अनुमानहरु गरिँदै आएका छन् ।यद्यपि कम्पनीले यो नामबाट कुनै स्मार्टफोन ल्याउने बारेमा आधिकारिक रुपमा केही बताएको छैन । अहिले यो अनुमानित स्मार्टफोनका बारेमा अन्य केही जानकारीहरु पनि सार्वज्निक भएका छन् । यदि यी खबर सत्य सावित भएमा नोकिया नाइन बजारमा उपलब्ध अहिलेसम्मका स्मार्टफोनमध्ये सबैभन्दा उत्कृष्ट स्मार्टफोनमध्ये एक हुने पक्का छ ।

रिपोर्ट अनुसार नोकिया नाइनमा स्नापड्रागन ८३५ प्रोसेसर रहनेछ । साथै उक्त स्मार्टफोनमा आइरिस स्क्यानर फिचर पनि रहने बताइएको छ ।

रिपोर्ट अनुसार उक्त स्मार्टफोन एन्ड्रोइड ७.१.२ नगटमा चल्नेछ । यसमा ५.५ इन्चको क्यूएचडी ओएलइडी डिस्प्ले रहनेछ, जसको रिजोलुसन १४४० गुणा २५६० पिक्सेल हुनेछ । यसमा स्नापड्रागन ८३५ प्रोसेर सँगै ६ जिबीको र्याम हुने बताइउको छ ।

नोकिया नाइनमा २२ मेगापिक्सेलको डुअल ब्याक क्यामरा हुने बताइएको छ, जसमा कार्ल जिसको लेन्स रहनेछ । फ्रन्ट क्यामरा नै १२ मेगापिक्सेलको हुनेछ ।

नोकिया नाइनमा ३८०० मिलिएम्पिएर आवरको ब्याट्री हुनेछ, जसले क्विक चार्ज टेक्नोलोजी सपोर्ट गर्नेछ ।

नोकिया नाइनमा आइरिस स्क्यानर, फिंगरप्रिन्ट सेन्सरका साथै हालै लञ्च भएको ओ जेड ओ अडियो टेक्नोलोजी पनि हुनसक्नेछ । नोकियाले हालै सार्वज्निक गरेको यो अडियो टेक्नोलोजीबाट थ्री डी अडियोको अनुभव गर्न सकिन्छ । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।