नेपाल–कतारबीच विविध विषयमा सहमति

नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानीवाहकलाई प्रवेशज्ञाबिना आवतजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका उपप्रधान एवं विदेशमन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानीले सो विषयको सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । मंगलबार दुवै मुलुकबीच कृषि तथा खाद्य सुरक्षामा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच कतारको औपचारिक भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी र त्यहाँका अमिर शेख तमिम विन हमाद अल थानीबीच मंगबार शिष्टाचार भेटवार्ता भएको छ । सो भेटवार्ता दुई मुलुकबीचको वर्षौं पुरानो सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउने विषयमा केन्द्रित भएको बताइएको छ । सो भेटवार्ता अघि राष्ट्रपति भण्डारीको सम्मानमा त्यहाँको सैनिक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

कतारी अमिर अमिर अल थानीले भण्डारीको सम्मानमा मंगलबार दिवाभोजको आयोजना गर्नुभएको थियो भने सो जमघटमा नेपाली प्रतिनिधिमण्डल पनि सहभागी थियो । राष्ट्रपति भण्डारी चारदिने औपचारिक भ्रमणका लागि सोमबार कतार पुग्नुभएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण