नेपालमा कोरोना संक्रमितको संख्या सात सय ७८ पुग्यो

  2020-05-12_corona-positive_375479749

जेठ १४,नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य निर्देशनालय, पोखराले थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो। नयाँ संक्रमित सबै बाग्लुङ जिल्लाका छन्।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद बिन्दु शर्माले बुधबार प्रेस विज्ञप्ति प्रकाशित गरी बाग्लुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

नयाँ संक्रमित बाग्लुङको बढीगाड गाउँपालिकाका १९ र २० वर्षका दुई र बाग्लुङकै तमनखोला गाउँपालिकाका २१, २७, २७ र २१ वर्षका चार युवा छन्। बाग्लुङमा बुधबार पुष्टि भएका ६ सहित नेपालमा कोरोना संक्रमितको संख्या सात सय ७८ पुगेको छ।

बुधबार संक्रमण पुष्टि भएका बाग्लुङ सबै भारतबाट आएका हुन्। भारतीय सीमानाकाबाट उद्धार गरेर ल्याइएका तमानखोला गाउँपालिकाका आठजनाको स्वाब परीक्षण गरिएको थियो। 

जसमध्ये चारजनामा संक्रमण देखिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए। ‘गाउँपालिकाकै क्वारेन्टाइनमा रहेकाहरूलाई थप उपचारका लागि धौलागिरि अञ्चल अस्पताल पठाउने तयारी भइरहेको छ,’ अध्यक्ष बुढाले भने। 

त्यसैगरी बडिगाड गाउँपालिकामा पनि भारतबाट आएर क्वारेन्टाइनमा बसेका आठजनाको स्वाब संकलन गरिएको थियो। त्यसमध्ये दुईजनामा कोरोना संक्रमण देखिएको अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए। यसअघि बाग्लुङमा पुष्टि भएका दुई संक्रमित निको भइसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक