February 2, 2020

नेकपा बैठकः सरकारलाई सुशासन कायम राखेर समाजवाद स्थापना गर्न सुझाव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटीको बैठकले पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवाद स्थापना गर्ने महत्वपूर्ण आधारहरू तय गर्न सुझाव दिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

केन्द्रीय सदस्यहरूले नेकपाको लक्ष्य समाजवाद स्थापना गर्ने भएकाले सोहीअनुसारका आधार तयार गर्ने कार्यमा सिंगो पार्टी पंक्ति र सरकारी पक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

शनिबारको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले सानातिना विषयमा आग्रहपूर्वाग्रहमा अल्झिँदा समाजवादको महान् लक्ष्य पूरा गर्न कठिन हुने भन्दै पूर्वाग्रह बिर्सेर समाजवाद स्थापनाको लक्ष्यमा एकीकृत भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । 

राष्ट्रिय सभागृहमा जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको सांगठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि १५ वटा समूहले आआफ्नो प्रतिवेदन पेस गर्दै मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न पार्टी नेतृत्व र सरकारलाई सुझाव प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण