निर्मला हत्या सय दिन : अनुसन्धान अझै शंकामा

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सय दिन पूरा भएको छ। तर, अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन्। प्रहरीको अनुसन्धान उपलब्धिहीन देखिएको छ। अनुसन्धान सूक्ष्म र साँघुरो पार्दै लगिएको प्रहरी अझै दाबी गर्छ।

‘अनुसन्धान भइरहेको छ, तर यहाँ पुग्यो भन्ने अवस्था छैन।’ जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत डीएसपी कृष्णराज ओझाले भने, ‘केन्द्रदेखि जिल्लासम्म थुप्रै टोली अनुसन्धानमा खटिएका छौं।’ ‘अनुसन्धानका थुप्रै पाटा हुन्छन्, ती सबै प्रयोग गरिएको छ’, उनले भने, ‘ प्रहरीले सम्पूर्ण शक्ति लगाएको छ।’

निर्मलाका आमाबुवा न्यायका लागि भौंतारिरहेका छन्। हत्यारा पक्राउ पर्लान् र न्याय पाइएला भन्ने उनीहरूको आशा मर्दै जान थालेको छ।

‘न्याय मागिरहेका छौं’, निर्मलाका बुवा यज्ञराजले भने, ‘सरकारले उल्टै पीडा दियो।’ सरकार हत्यारा पत्ता लगाउनभन्दा अन्य विषयतर्फ केन्द्रित भएको उनको आरोप छ। ‘न्यायका लागि शान्तिपूर्ण आन्दोलन गर्दा उल्टै गोली हाने। दुःख मात्रै भयो’, उनले थपे, ‘न्याय नपाएसम्म निरन्तर लडिरहन्छौं।’ आन्दोलनका घाइतेको उपचारमा समेत सरकारले लापरबाही गरेको उनले बताए ।आजको अन्नपुर्ण पोष्टमा यो खबर रहेकाे छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण