नानीभन्दा नाना ठूलो, मान्छेभन्दा कुरा ठूलो : प्रधानमन्त्री

 पुष २०७७, messenger sharing buttonप्रधानमन्त्री केपी ओलीले आफूलाई अध्यक्ष चुनेको नवौं एमाले महाधिवेशनबाट बिजयी उपाध्यक्ष भीम रावलमाथि उनकै क्षेत्र सुदूर पश्चिमको धनगढी पुगेर यसो भन्दै रिस फेर्नुभएको छ ।

सचिवालयको बैठक बस्नसमेत मन नपराउने तत्कालीन एकीकृत नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई अहिले बैठक,भेला र कार्यक्रममा पुग्न भ्याई नभ्याई छ।

केहि दिनअघि काठमाडौँको एउटा कार्यक्रममा प्रचण्डलाई धुन आफूले ड्रमका ड्रम पानी र दर्जनका दर्जन डोब साबुन खर्च गर्दा पनि नसकेको भन्दै लाचारी व्यक्त गर्नुभएको थियो । अर्को कार्यक्रममा चाहिँ माधव नेपाललाई प्रचण्डको कार्यकर्तासमेत भन्न भ्याउनु भयो । आज धनगढीमा पनि उहाँले नेपाल आफूभन्दा जुनियर भएको बताउनुभयो,भन्नुभयो,‘म २२ सालदेखि राजनीतिमा छु,माधव नेपाल बल्ल ३२ सालदेखि’ ।

उहाँले नुहाउँदा २/४ ओटा रौँ झरेर केही नहुने भन्दै पार्टीमा आफू अझै शक्तिशाली भएको भाव प्रकट गर्नुभयो । उहाँले प्रचन्डलाई आज पनि बाँकी राख्नुभएन । कटाक्ष हान्दै भन्नुभयो, ‘काम लाग्छ कि भनेर ल्याएको तर बिचार उस्तै,मति उस्तै ।’ लाटोकोसेरोको उपमा दिँदै अगाडि भन्नुभयो-घाम लागेपछि टिक्न नसक्ने ।

माघ १ गतेदेखि परराष्ट्र मन्त्री भारत जाने र कालापानीलगायतका भूमि फिर्ता ल्याउने ओलीको भनाइ थियो । पार्टीको बैठकमा बस्न रुचि नराख्ने भनिएका ओलीले प्रचण्ड,माधव नेपाललाई बैठकमा नआएको आरोप लगाउनुभयो,‘बैठकमा किन आएनन् भनेको त निर्वाचन आयोगमा पार्टी मेरो हो भन्न पो गएका रहेछन् ।‘

ओली त्यतिमै कहाँ रोकिनुहुन्थ्यो र ! फेरि भन्नुभयो-“दुई चार दिनमा मर्नेलाई किन भोट हाल्नु भन्थे तर दुई वटा किड्नी फेरेर पनि जिउँदै छु। यो स्वास्थ्य देशका लागि हो ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक