February 28, 2017

दुर्घटना न्यूनीकरण गर्न घर–घरमा ट्राफिक अभियान : यस्ता छन् अभियानहरु

फागुन १७,धादिङ – जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङले राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न घर–घरमा ट्राफिक अभियान सञ्चालन गर्ने भएको छ । विभिन्न जिल्लालाई राजधानीसँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने अभियानका क्रममा घर–घरमा ट्राफिक कार्यक्रम ल्याउन लागिएको खबर आजको नयाँ पत्रिकामा छ ।
ट्राफिक प्रहरीले राजमार्ग र ग्रामीण सडकमा हुने सडक तथा सवारी दुर्घटना न्यूनीकरण गर्न विद्यार्थी तथा चालकलाई ट्राफिक नियम पालनासम्बन्धी अभिमुखीकरण पनि गरिरहेको छ । जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक कृष्णराज सापकोटाले दुई महिनामा केही विद्यालयका विद्यार्थी र एक सय ५० जनाभन्दा चालकलाई अभिमुखीकरण गरिएको बताए ।
‘घर–घरमा ट्राफिक’ अभियानअन्तर्गत विद्यालयमै गएर ट्राफिक नियमबारे कक्षा सञ्चालन गर्ने तथा विद्यालय प्रांगणमा ट्राफिक संकेत तथा चिह्न र नियम उल्लेख गरिएका बोर्ड राख्न आग्रह गरिने उनले बताए । उनले साँघुरो तथा खाल्डाखुल्डी भएका सडक, घुम्ती, सवारी चाप धेरै हुने स्थान, बजार क्षेत्र तथा तथा जेब्राक्रस भएका स्थानमा विशेष ख्याल गर्न तथा सह–चालकलाई सवारी चलाउन नदिन आग्रह गर्दै निगरानी गरिरहेको बताए ।
धादिङमा मुख्य राजमार्ग ८६ किलोमिटर छ । मुख्य सडकबाट शाखा सडक तथा ग्रामीण सडक ४१ गाविस र एक नगरपालिकासँग जोडिएका छन् । राजधानीलाई जोड्ने मुख्य नाका भएका कारण बिदाको दिनमा सवारीको चाप अत्यधिक हुने उनले बताए । त्यस्तै, भिआइपीहरूको सवारी पनि भइरहने भएकाले ट्राफिक व्यवस्थापनमा जनशक्ति अभाव देखिएको पनि उनले बताए ।
कारबाही गरेर मात्र दुर्घटना न्यूनीकरण नहुने भन्दै सापकोटाले ट्राफिक नियम उल्लेख गरिएका पम्प्लेट चालक, सह–चालक, विद्यार्थी तथा सर्वसाधारणलाई वितरण गरिएको बताए । राजमार्गका विभिन्न स्थानमा ट्राफिक सचेतनामूलक बोर्ड राखिएका छन् । बढी सवारी दुर्घटना हुने स्थानमा थोत्रा मोटरसाइकल राखेर दुर्घटनाग्रस्त क्षेत्रबारे सचेत गराइएको पनि उनले बताए ।
चार करोड राजस्व संकलन: जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले आर्थिक वर्ष ०७२-७३ मा ३४ हजार नौ सय सवारीसाधनलाई कारबाही गरेको थियो । ती सवारीसाधनमाथि गरिएको कारबाहीबाट एक करोड ९५ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । चालू आर्थिक वर्षको माघ मसान्तसम्म ३३ हजार दुई सय सवारीसाधनलाई कारबाही गर्दा दुई करोड ५० लाख ७५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरी निरीक्षक कृष्णराज सापकोटाले बताए ।
यस्तो छ दुर्घटनाको तथ्यांक: धादिङमा आर्थिक वर्ष ०७२-७३ मा ९० सडक दुर्घटनामा भएका थिए । ती दुर्घटनामा ६५ वटा ट्रक तथा टेलर, ३३ बस, १२ जिप, कार तथा भ्यान, ३४ मोटरसाइकल र पाँच अन्य सवारीसाधन परेका थिए । दुर्घटनामा ५० पुरुष, नौ महिला र दुई बालबालिकाले ज्यान गुमाएका थिए । त्यस्तै, ७१ पुरुष, ३० महिला र १२ बालबालिका गम्भीर घाइते भएका थिए भने ५६ पुरुष, ३७ महिला र ६ बालबालिका सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ । आर्थिक वर्ष ०७३-७४ को १४ फागुनसम्म ६० सवारी दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन् भने ५३ गम्भीर तथा ७१ सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक