दुर्घटनातिर देश : संसद विघटनदेखि प्रचण्डसहित ५ नेतालाई जेल हाल्ने प्रधानमन्त्रीको तयारी !

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली यतिबेला विभिन्न विकल्पहरुबारे परामर्शमा छन् ।

नेकपा भित्र सबैजसो कमिटिमा आफू अल्पमतमा परेपछि प्रधानमन्त्री ओली पार्टीको बैठक र नियमित छलफलबाट समेत भाग्ने कोशिस गरिरहेका छन् ।

केहिदिनअघि प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका अर्का अध्यक्ष प्रचण्डले स्थायी समिति बैठक राख्न माग गरेका थिए । तर, जवाफमा ओलीले ‘हैन बैठक राखेर के गर्ने ? बैठकको निर्णय म मान्दिनँ । तपाईंहरुले बहुमतले निर्णय गरेर हुन्छ ? केन्द्रीय कमिटिको निर्णय गर्नुस् । स्थायी समितिको बैठकले निर्णय गर्नुस् । सचिवालयको निर्णय गर्नुस् ।

बुहमतले गरेको निर्णय मान्दिनँ । तपाईंहरुले बैठक राखेर के गर्नुहुन्छ ? यदि भन्दा भन्दै पनि तपाईंहरुले बैठक राख्नु भयो भने बैठक बोलाउनासाथै म ठूलो अर्को एक्सन लिन्छु । अर्को एकसनको सामना गर्न तपाईंहरु तयार हुनुस् । त्यसैकारणले बरु सल्लाहा गरेरै अलग अलग हौँ । एकै ठाउँमा बस्न सकिन्न अब’ भन्दै धम्की दिएका थिए ।

त्यस्तै भोलीपल्ट कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद हेरफेर गर्ने तयारी थालेको थाहा पाएपछि प्रधानमन्त्री ओलीले अर्को धम्की दिए ।

प्रधानमन्त्री ओलीले प्रचण्डलाई टेलिफोन गरि भनेका थिए,–‘मन्त्रिपरिषद त्यहाँ पुनर्गठन गर्न लाग्यो रे भन्ने सुनियो । त्यसो भयो भने म ठूलो अर्को एक्सन लिन्छु । त्यसको निम्ती तयार भएर बस्नुहोला । मैले तपाईंलाई हिजो पनि भनेको थिएँ । अब सँगै बस्न सकिँदैन भने सल्लाहा गरेरै अलग हौँ ।’
प्रचण्डले यस्तो टेलिफोन वार्ता बारे प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरुलाई शेयर गरेका थिए । प्रधानमन्त्रीको यस्ते धम्की आएपछि कर्णाली प्रदेशमा मन्त्रिपरिषद हेरफेर गर्ने मुख्य मन्त्री शाहीको योजनामा ब्रेक लाग्यो । तर, ओली र प्रचण्डसहित ५ नेताको विवाद टुंगिएन । गत कार्तिक २७ गते बसेको पार्टी सचिवालय बैठकमा अर्का अध्यक्षले दस्ताबेज पेश गरेपपछि यतिबेला ओली र प्रचण्डबीच ‘पानी बाराबार’को अवस्था छ । प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री ओलीमाथि आरोपहरुको चाङ छन् । यद्धपी ती आरोपहरु जनस्तरबाटै उठेका विषयहरु हुन् । तर, यहि प्रस्तावलाई प्रधानमन्त्री ओलीले आफ्नो प्रतिष्ठाका विषय बनाएपछि नेकपा करिब विभाजनको संघारमा पुगेको छ ।

‘ओली पार्टी भित्रका सबै कमिटिमा अल्पमत पर्नु भएको छ । त्यसकारण उहाँमा जस्तो सुकै कदम चालेर भएपनि सत्ता जोगाउने इच्छा देखिन्छ,’ नेकपाका एक शिर्ष नेताले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने,‘उहाँले आफूले सत्ता नपाए प्रधानमन्त्रीको कुर्सी नै भाँच्ने कुरा गर्नु भएको छ । यो भनेको संसद विघटनसम्म हुनसक्छ । संसद विघटन गरेर मध्यवधी निर्वाचनमा जाने र फेरी बहुमत ल्याएर सरकार चलाउने महत्वकांक्षा उहाँमा देखिन्छ ।’

करिब २ वर्षदेखि नेकपाको संसदीय दलको बैठक बसेको छैन । यद्धपी केही नेताहरु भने प्रधानमन्त्री ओलीले धम्की दिएर आफ्नो सत्तालाई लम्ब्याउन चाहेको तर्क गर्छन् । ‘उहाँ सत्ताका लागि जे पनि गर्ने मान्छे हो । उहाँका विगत देखिकै अनुभवलाई हेर्ने हो भने कयौँ दृष्टान्तहरु छन्,’ अर्का एक केन्द्रीय सदस्यले भने,‘सरकारले गरेका हरेक गलत कामको कारण कम्युनिस्ट पार्टीको चरम बद्नामी भइरहेको छ । बद्नामीको कारण प्रचण्ड होइनन् ओली हुन् किन भने उनी सत्तामा छन् । तैपनि उनी सत्ता लम्ब्याउन चाहान्छन् । धम्की दिएर भएपनि सत्ता लम्ब्याउने उनको रणनीति हुनसक्छ । नेपालको संविधान अनुसार उनलाई संसद विघटन गर्न सक्ने अधिकार छैन ।’

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध यसअघि देखि नै अविश्वास प्रस्ताव दर्ता गर्ने माधव प्रचण्ड समुहको तयारी थियो । केही महिनाअघि नेकपाका अर्का अध्यक्ष प्रचण्डले सबैजसो कमिटिमा अल्पमतमा रहेका ओली विरुद्ध अविश्वासको प्रस्ताव मार्फत सत्ताच्युत गर्नेे ‘टिगर’ दबाउँदै थिए । तर, मन्त्रिपरिषद हेरफेर गर्ने लगायत खुद्रा सहमतिमा अल्झिएपछि अविश्वासको प्रस्ताव त्यसै रोकियो । प्रचण्ड माधव समुहको योजना विफल पार्न यता प्रधानमन्त्री ओलीले कदम नचालेका होइनन् । उनले ‘देखाइदिने’ भन्दै सांसदहरुको हस्ताक्षेर अभियान नै चलाए । तर, दूर्भाग्य ६४ जना सांसदले मात्रै उनको पक्षमा हस्ताक्षेर गरे । बहुमत पुर्याउन गुण्डागर्दी पृष्ठभूमिका सांसद महेश बस्नेतलाई प्रयोग गरेर सांसद अपहरणको नाटकीय घटनाको पर्दा समेत नेपाली राजनीतिमा नखुलेको होइन ।

नेकपाका एक जना पुराना केन्द्रीय सदस्य भने नेपालको राजनीतिमा नयाँ संकट पैदा हुने भविष्यवाणी गर्छन् । उनको नजरमा प्रधानमन्त्री ओलीले नेपाललाई भारतको एउटा प्रान्तको रुपमा अघि सारेका छन् । ‘उहाँ प्रधानमन्त्री जस्तो व्यक्ति छिमेकी देशको खुफियासँग भेट्नु भयो । सोही बेला उहाँले नेपालका सरकारी कार्यालयमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्न सर्कुलर गर्नुभयो । यसले के देखाउँछ भने उहाँ यो व्यवस्था नै फेल गराउन लागि पर्नु भएको छ,’ ती केन्द्रिय सदस्य भन्छन्,‘भारतले नेपाललाई आफ्नै एउटा प्रान्तको रुपमा बुझेर नै रअ प्रमुखलाई नेपाल पठाएको हो । प्रधानमन्त्रीले आफूलाई भारतीय प्रान्तको हैसियतमा भारतीय खुफिया प्रमुखसँग भेट्नु भयो यो आफैमा डरलाग्दो छ ।’

ती केन्द्रीय नेताका अनुसार प्रधानमन्त्री ओली आफू पार्टी कमिटि र सबैतिर अल्पमतमा परेपछि संसद विघटन गरि विरोधी ५ नेतालाई जेल हाल्ने योजनामा छन् । ‘अब उनले राष्ट्रपति मार्फत अध्यादेश ल्याएर पार्टी फूटाउँछन् । कांगसको समर्थनमा सत्ता लम्ब्याउँछन्,’ उनी भन्छन्,‘त्यो पनि संभव नभए शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा अघि सारेर भएपनि पार्टीमा अहिले एकै ठाउँमा रहेका ५ जना नेतालाई जेल हाल्छन् । अब नेपालको राजनीति दुर्घटना तिर जाने खतरा छ ।’

प्रधानमन्त्री ओलीका विरुद्ध दस्तावेज तयार गर्ने प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले जेल जान समेत तयार भएर उक्त दस्तावेज पार्टी सचिवालयमा पेश गरेको उनको जिकिर छ ।

Coppied from Diyopost

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र