जीफन्टकाे महाधिवेशन सम्पन्न ( यस्तो रहेको छ नयाँ नेतृत्व: फोटोमा)

काठमाडौ ,श्रावण ११।नेकपा एमाले निकट मजदुरहरुको संगठन नेपाल ट्रेड युनियन महासघ (जिफन्ट) को श्रावण ७-१० मा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनले ५७ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले ७ गते  शनिबार गोदावरीको सुर्योदय हलमा उद्घाटन गरेर सुरु भएको महाधिवेशन काठमाडौंकाे राष्ट्रिय सभागृहमा यही श्रावण ८,९ र१० तिनदिनसम्म चलेको बन्दसत्रले विनोद श्रेष्ठलाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको हो । महाधिवेशनले उपाध्यक्षमा रमेश बडाल, विदुर कार्की, जितेन्द्र बहादुर श्रेष्ठ, जनक चौधरी, मञ्जु थापा, सीता लामा र कमल गौतम चयन गरेको छ।

त्यसैगरी महासचिव लक्ष्मण शर्मा र उपमहासचिवमा नरनाथ लुइँटेल र कमला तामाङ चयन भएका छन् ।  सचिवहरुमा क्रमश: कृष्ण केसी, हरी बहदुर कार्की, बेलीमाया घले, स्मृति लामा, महेन्द्रलाल श्रेष्ठ, तारा निधी पन्त र बिजया खड्का रहेका छन् । ४१ जना केन्द्रीय कार्यसमिति सदस्य चयन भएका छन् । 

जिफन्टले ५१ सदस्यीय राष्ट्रिय कमिटी भएको  विधानलाई परिवर्तन गर्दै ५७ सदस्यीय बनाएको छ । जसमा ८ उपाध्यक्षबाट १ घटाएर सात बनाएको छ भने  ५ जना सदस्य थपेको हो । निर्वाचित नयाँ कार्यसमितिको मंगलबार दिउँसो २ बजे बागबजारको हार्दिक होटेलबाट औपचारिक घोषणा  गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक