January 29, 2022

जनगणना २०७८ : १० वर्षमा ३२ जना मात्रै वृद्धि

२०६८ सालको जनगणनाअनुसार सल्यानस्थित दार्मा गाउँपालिकाको जनसङ्ख्या १९ हजार ९६६ थियो । २०७८ को प्रारम्भिक जनगणनाअनुसार यहाँको जनसङ्ख्या मात्र ३२ जनाले बढेको छ । यसभन्दा अघि गाउँपालिका आफैले गणना गर्दा २३ हजार ४ सय १८ जनसङ्ख्या रहेको तथ्याङ्क निकालेको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

१० वर्षपछि भएको जनगणनामा दार्मा गाउँपालिकाको जनसङ्ख्या ३२ जनाले मात्र बढ्नु प्रारम्भिक गणना नै त्रुटिपूर्ण भएको गाउँपालिकाकाले जनाएको छ । गाउँपालिकामा उल्लेख्य बसाइसराइ र अस्वाभाविक मृत्युदर पनि नभएको भन्दै गाउँपालिकाले गणकलाई त्रुटिपूर्ण तथ्याङ्क सङ्कलन गर्दा आफ्नो पालिकाको यथार्थ जनसङ्ख्या आउन नसकेको बताएको छ ।

गाउँपालिकाको जन्मदर पनि ठिकै भएको गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताए । अध्यक्ष केसीले उक्त तथ्यांकप्रति सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण